logo
२०८१ जेष्ठ ५ शनिवार



एमाले स्थायी कमिटी बैठक शुरु, विभागलाई पूर्णता दिइने

राष्ट्रिय |


एमाले स्थायी कमिटी बैठक शुरु, विभागलाई पूर्णता दिइने
फाइल तस्विर


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १८ गते । प्रमुख विपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरुभएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बैठक शुरुभएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

एमालेले बैठक ३ बजेका लागि तय गरेको भएपनि अध्यक्ष केपी शर्मा ओली आधा घण्टा ढिलागरी बैठक कक्षमा पुग्नुभएपछि बैठक ३ः ३० मा शुरुभएको हो । आजको बैठकमा केन्द्रीय विभाग पूर्णताका विषयमा छलफल हुने पार्टी कार्यालय सचिव तामाङले जानकारी दिनुभयो ।

आजको बैठकमा नेता माधवकुमार नेपाल पक्षसँग भएको छलफल, प्रगति र आगामी बाटोको विषयमा समेत छलफल हुन सक्ने बताइएको छ । विघटित कार्यदलस्तरमा अनौपचारिक छलफल जारी रहेकाले पार्टीको आन्तरिक विवाद समाधान हुनेमा नेताहरु आशावादी रहनुभएको छ । तर अहिलेसम्मको प्रयासले धेरै आशा गर्न सक्नेगरी प्रगति भइनसकेको नेताहरुको बुझाई छ ।

यता नेता नेपाल पक्षको स्थायी कमिटीको बैठक पनि बसिरहेको छ । पार्टीको आन्तरिक विषय समाधान र पार्टी एकताको पक्षमा छलफल भइरहेको सो पक्षका नेताहरुले बताउनुभएको छ । उपाध्यक्ष बामदेव गौतम भने स्थायी कमिटी बैठकमा पछिल्लो समय नियमित सहभागी रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?