logo
२०८१ जेष्ठ ५ शनिवार



एमाले स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने

राष्ट्रिय |


एमाले स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्दैछ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बस्ने बैठकले भोलि सोमबार बस्ने केन्द्रीय कमिटीको बैठक एजेण्डा तय गर्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिनेबारे पार्टी पङ्रक्तिलाई ह्वीप जारी गर्ने र त्यसका लागि आवश्यक छलफल हुने नेता तामाङले बताउनुभयो । सोहीअनुसार विघटित कार्यदलले गरेको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका विषयमा पनि छलफल हने बताइएको छ । गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरिसकेको छ ।

एमालेले भोलि सोमबार केन्द्रीय कमिटी बैठक  बोलाएको छ । १० बुँदे सहमति केन्द्रीय कमिटी बैठकबाट पनि अनुमोदन गर्ने तयारी सो दलले गरेको छ । विघटित कार्यदलका सदस्यहरु पार्टी एकताका लागि अनौपचारिक छलफल जारी राखेकाले त्यसका लागि नेताहरुले एकताका लागि नेतृत्व पङ्रक्तिलाई दवाब दिने तयारी गर्नुभएको छ । हिजो शनिबार पनि कार्यदलका सदस्यहरु बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?