logo
२०८१ जेष्ठ ७ सोमवार



काँग्रेस पदाधिकारी बैठक २ बजे बस्दै, महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल  हुने

राष्ट्रिय |


काँग्रेस पदाधिकारी बैठक २ बजे बस्दै, महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल  हुने


गोरखापत्र अनलाइन

काठमाडौं, श्रावन १ गते । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दैछ । काँग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बस्न लागेको काँग्रेस नेत्री डा. डिला सङ्ग्रौलाले जानकारी दिनुभयो ।

काँग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशन र क्रियाशील सदस्यताका सम्बन्धमा आजको बैठकको छलफल केन्द्रित रहने सङ्ग्रौलाले बताउनुभएको छ । आगामी भदौं १६ देखि १९ गतेसम्म हुने भनिएको काँग्रेस महाधिवेशन समयमै सम्पन्न गर्न नसके यसको विकल्पका बारेमा पनि सोच्नुपर्ने समेत स्वयम् काँग्रेसका नेताहरुले बताउँदै आएका छन् । काँग्रेसले क्रियाशील सदस्यता सम्बन्धमा असार मसान्तसम्म टुङ्गो लगाउने बताउँदै आएको थियो । साथै सरकार सञ्चालनकाे जिम्मेवारीसमेत पार्टीमा थपिएकाले गठबन्धनसँगकाे सम्बन्ध तथा सरकार गठनलगायतका विषय अगाडि आएकाे  अवस्थामा काँग्रेस पदाधिकारी बैठक बस्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?