logo
२०८१ बैशाख १४ शुक्रवार



महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण 

राष्ट्रिय |


महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण 


काठमाडौँ, असार ४ गते । सत्तारुढ नेकपा (एमाले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण गर्नुभएको छ ।     
काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचित पोखरेलले सो नगरपालिकाको वडा नं.६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नं. ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलानलगायतको विकास योजनाको जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा महासचिव पोखरेलले स्थानीयबासीसँग अन्तरक्रिया गर्नुभएको थियो ।    
नेता पोखरेलले केही दिनअघि बुढानिलकण्ठ नगरपालिकाकै वडा नं. ४ र ६ मा भइरहेका विभिन्न विकास योजनाको पनि निरीक्षण गर्नुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?