logo
२०८१ जेष्ठ ५ शनिवार



विपक्षी गठबन्धनको हस्ताक्षर सङ्कलन हुँदै, यसपछि सर्वोच्च अदालत जाने

राष्ट्रिय |


विपक्षी गठबन्धनको हस्ताक्षर सङ्कलन हुँदै, यसपछि सर्वोच्च अदालत जाने


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ९ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम दाबी गरिएको सरकार राष्ट्रपतिबाट बदर गरिएको विरोधमा हस्ताक्षर सङ्कलन भइरहेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा अगाडि सारिएको उक्त सरकारलाई नेकपा माओवादी केन्द्र, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समर्थन गरेको थियो । तर, बहुमत पुग्दा पुग्दै पनि राष्ट्रपतिले यसको बदर भयो, यसकै विरुद्धमा हस्ताक्षर सङ्कलन भइरहेको र यसपछि सर्वोच्च अदालत जाने कार्यक्रम रहेको काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले बताउनुभयो ।

कोभिड–१९ को महामारीको अवस्थामा सरकारका कदमविरुद्ध आन्दोलन गर्न अप्ठ्यारो अवस्था छ तर, यसको विरोधमा काँग्रेसले आफ्नो तर्फबाट कदम चाल्ने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?