logo
२०८१ बैशाख १४ शुक्रवार



उपप्रधानमन्त्री पोखरेलले गर्नुभयो महावीर पुनले खेलेको भूमिकाको प्रशंसा

राष्ट्रिय |


उपप्रधानमन्त्री पोखरेलले गर्नुभयो महावीर पुनले खेलेको भूमिकाको प्रशंसा


गाेरखापत्र अनलाइन
काठमाडौं, २६ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा म्याग्सेसे पुरष्कार बिजेता एवं चर्चित नेपाली बैज्ञानिक महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
सिंहदरबारमा आज भएको भेटमा कोरोनाविरुद्वको लडाईंमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गर्नुभएको हो । कोरोनाविरुद्वको लडाईं सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको जरुरत रहेको उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो ।

भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामानहरु तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार, आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय सेट पीपीई मानवीय हिसाबले निःशुल्क वितरण गरिसकेको छ ।

बैज्ञानिक पुनले संकटकालिन अबस्था भएकाले त्यही अनुसारको अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गर्नुभयो ।उपप्रधानमन्त्री पोखरेलले आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गर्नुभयो ।

सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।
उहाँहरुबीच कोरोना संकटमा कसरी हातेमालो गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । सरकारले राम्रो काम गरिरहेको भए पनि जनतामा काम देखिन नसक्नु दुःखद भएको पुनको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?