logo
२०८१ बैशाख १४ शुक्रवार



अमेरिकी दूतावासका अतिरिक्त कूटनीतिज्ञ र परिवारलाई नेपाल छोड्न अनुमति

राष्ट्रिय |


अमेरिकी दूतावासका अतिरिक्त कूटनीतिज्ञ र परिवारलाई नेपाल छोड्न अनुमति
तस्विर-एपी


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २५ गते । नेपालमा कोरोनाभाइरस सङ्क्रमण बृद्धि भए लगत्तै अमेरिकाको ‘स्टेट डिपार्टमेन्ट’ले दूतावासमा कार्यरत अतिरिक्त कूटनीतिज्ञ र परिवारजनलाई अमेरिका फर्किन अनुमति दिएको छ । शुक्रबार स्टेट डिपार्टमेन्टले एक वक्तब्य जारी गरी सरकारी खर्चमा अमेरिका फर्किने गरी उक्त अनुमति दिएको हो ।
एशोसिएटेड प्रेसका अनुसार स्टेट डिपार्टमेन्टले नेपाल भ्रमण गर्ने योजना बनाएका अमेरिकीलाई समेत तात्काल पुनर्विचार गर्न आग्रह गरेको छ । उसले नेपालमा रहेका अन्य अमेरिकीलाई समेत फर्किन चाहे दूतावासमा जानकारी गराउन आग्रह गरेको छ । अमेरिकाको उक्त पहलले नेपाल छोड्न चाहने अमेरिकी कूटनीतिज्ञ, परिवारजन र अमेरिकी नागरिकका लागि ‘चाटर्ड’ उडान ब्यवस्था गरिने बुझिएको छ ।
स्टेट डिपार्टमेन्टले वक्तब्यमा भनेको छ, “नेपालबाट ब्यावसायिक उडान हालका दिनमा नियमित उपलब्ध छैन्, नेपाल छोड्न चाहने अमेरिकीले अमेरिकी दूतावास र भारतस्थित कन्सुलेटमा जानकारी गराउँदा हुन्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?