logo
२०८१ बैशाख १४ शुक्रवार



अध्यक्ष ओलीसमक्ष नेपालले स्पष्टीकरण बुझाउनुभयो

राष्ट्रिय |


अध्यक्ष ओलीसमक्ष नेपालले स्पष्टीकरण बुझाउनुभयो


काठमाडौं, वैशाख ९ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टीकरण बुझाउनुभएको छ ।

बिहीबार वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, मुकुन्द न्यौपाने, भवानी खापुङ र सुरेन्द्र पाण्डेले संसदीय दलको कार्यालयमा स्पष्टीकरण बुझाउनुभएको हो ।

उहाँहरुले आफ्नो स्पष्टीकरणमा नवौं महाविधेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान र त्यसको आधारमा निर्मित नियमावलीका विरुद्ध आफूहरुले कुनै काम नगरेको उल्लेख गर्नुभएको छ । साथै उहाँहरुले आफूहरुमाथि लगाइएका आरोपहरु निराधार भएको पनि स्पष्टीकरणमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?