logo
२०८१ जेष्ठ ८ मंगलवार



माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

राष्ट्रिय |


माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २ गते । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आज सोमबार बैठक बसी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार आजको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आफ्ना धारणा राख्नुभयो । बैठकमा २० जनाले धारणा राख्नुभएको उहाँले बताउनुभयो । केही दिनपछि पुनः बैठक सुचारु गरिने उहाँले जानकारी दिनुभयो ।
बैठकमा जनार्दन शर्मा, पम्फा भुषाल, वर्षमान पुन, शक्ति बस्नेत, हेमराज भण्डारी, पुष्पविक्रम मल्ल, परशुराम रम्तेल, जयपुरी घर्ती, पर्शुराम तामाङ, धर्मदत्त देवकोटा, डिलाराम आचार्य, रामचन्द्र झा, ओम शर्मा, कुमार पुन लगायतले आजको बैठकमा धारणा राख्नुभएको उहाँले बताउनुभयो ।
बैठकलाई निस्कर्षमा पु-याउन राजनीतिक दलसँगको वार्तालाई पनि निरन्तरता दिनुपर्ने भएकाले तत्कालका लागि केन्द्रीय कमिटी बैठक स्थगित गरिएको उहाँले बताउनुभयो । क्रान्तिकारी पार्टी निर्माणका लागि आफूलाई नेताहरुले रुपान्तरण गरेर जानुपर्ने सुझाव बैठकमा आएको नेता श्रेष्ठले बताउनुभयो ।
केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । सर्वोच्च अदालतले राजनीतिक प्रकारको फैसला गरेपछि समस्या बढेको बताउँदै उहाँले बैठकमा बोल्ने वक्ताले एउटै कम्युनिष्ट पार्टी निर्माणमा पहल जारी राख्नुपर्ने सुझाव राख्नुभएको नेता श्रेष्ठले बताउनुभयो ।
लक्की चौधरी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?