logo
२०८१ बैशाख २१ शुक्रवार



प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्धः मन्त्री गुरुङ्ग

राष्ट्रिय |


प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्धः मन्त्री गुरुङ्ग


गोखापत्र अनलाइन
काठमाडौं, फागुन ९ गते । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ युरोप शाखाको चौंथो अधिवेशनको शनिवार भर्चुयल उद्घाटन गर्दै मन्त्री गुरुङ्गले सो कुरा बताउनु भएको हो ।
उहाँले सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन आफू लागिपरेको र सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुरा सोच्न पनि नसकिने बताउनु भएको नेपाल पत्रकार महासंघ युरोप शाखाले जनाएको छ ।
युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको सो उदघाटन समारोहमा बेिल्जयमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, डेनमार्कका लागि राजदूत युवनाथ लम्साल र फ्रान्सका लागि राजदूत दीपक अधिकारी समेतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो

सो अबसरमा महासंघका उपाध्यक्ष दीलिप थापामगर, केन्द्रिय सचिव लक्ष्मी पुन, केन्द्रीय सदस्यह राजेश चाम्लिङ र सिर्जन अर्याल तथा एनआरएनए केन्द्रिय उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, युरोप संयोजक नारायण आचार्य, वरिष्ठ पत्रकार भगिरथ योगी, लगायत यूरोपमा क्रियाशील विभिन्न सामाजिक तथा राजनैतिक संघसंस्थाका अगुवाहरुले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
पत्रकार महासंघको नयाँ व्यवस्था अनुसार ३० दिनपछि नयाँ नेतृत्व चयन गरिने व्यवस्था छ । अधिवेशनको बन्दसत्रले सात बुँदे घोषणपत्र समेत जारी गरी युरोप शाखाको चौंथो अधिवेशन भव्यताकासाथ समापन गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?