logo
२०८१ बैशाख २६ बुधवार



जसपामा दुई धार

राष्ट्रिय |


जसपामा दुई धार



गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालमा संसद् पुनस्र्थापनाको विषयमा दुुई धार देखिएको छ । जसपा नेपाल सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यसमिति अध्यक्ष उपेन्द्र यादव संसद् पुनस्र्थापनाको पक्षमा रहनुभएको छ भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सर्वोच्च अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने पक्षमा रहनुुभएको बुुझिएको छ ।
सङ्घीय परिषद्का अध्यक्ष भट्टराईले सोमबार आयोजित एक कार्यक्रममा संसद् पुनस्र्थापना मात्र एक विकल्प रहेको धारणा राख्नुुभएको थियो । लोकतन्त्रको रक्षाका लागि संसद् पुनस्र्थापना नै एक विकल्प हो र त्यसैअनुसार सर्वोच्च अदालतले पनि निर्णय गर्ने
दाबी गर्नुभयो ।
तर सोही पार्टीका कार्यकारिणी सदस्य वृषेशचन्द्रलालले सर्वोच्च अदालतको निर्णयलाई पनि कुर्नुु पर्ने बताउनुुभयो । “संसद् विघटन लोकतन्त्र विरोधी कार्य हो, यसको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, अदालतले कस्तो फैसला गर्छ ? त्यसको आधारमा पार्टीले आगामी कदम चाल्नुपर्छ,” उहाँले भन्नुभयो । शक्ति पृथकीकरणलाई मान्ने हो भने सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने जसपा नेपालका अर्का नेता डा. सुरेन्द्र झाले बताउनुुभयो ।
जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतको निर्णयलाई कुर्नुु पर्ने पक्षमा रहनुभएको उहाँले जानकारी दिनुभयो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)सँग सहकार्य गरेर जानुपर्ने पक्षमा हुनुहुन्छ भने अध्यक्ष ठाकुर अहिलेको अवस्थामा प्रचण्ड–माधव समूहसँग सहकार्य गर्न नसकिने पक्षमा रहनुभएको छ । जसपा कार्यकारिणी सदस्य वृषेशचन्द्रलालले जसपा नेपालका लागि नेकपा ओली समूह र प्रचण्ड–माधव समूह उस्तै
रहेको बताउनुुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?