logo
२०८१ बैशाख १५ शनिवार



सूचना प्रविधिको प्रयोग गरी चाडपर्व मनाउन सञ्चारमन्त्री गुरुङको आग्रह

राष्ट्रिय |


सूचना प्रविधिको प्रयोग गरी चाडपर्व मनाउन सञ्चारमन्त्री गुरुङको आग्रह


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ७ गते ।  सञ्चार तथा  सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचना प्रविधिको भरपूर प्रयोग गर्दै जहाँ छौं त्यहीं बसेर चाडपर्व मनाउन सबैमा आग्रह गर्नुभएको छ । दशैंको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै मन्त्री गुरुङले सो आग्रह गर्नुभयो ।
महामारीका बेलामा आफू बाँचेर अरुलाई बचाउनु नै सबैभन्दा ठूलो मानव सेवा भएको प्रष्ट पार्दै मन्त्री गुरुङद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “भौतिक दूरी कायम गर्दै स्वास्थ्य तथा सुरक्षाका मापदण्डको पूर्ण पालना गरौं ।”
दशैं, तिहार, छठ तथा नेपाल सम्बतको मन्त्री गुरुङले स्वदेश तथा विदेशमा रहनुहुने सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । चाडपर्वले समृद्ध र समुन्नत राष्ट्र निर्माणमा हामी सबैलाई प्रेरणा प्रदान गरुन् भन्ने उहाँले कामना गर्नुभएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?