logo
२०८१ बैशाख १५ शनिवार



युएईलाई हवाई क्षेत्रमा लगानी गर्न मन्त्री भट्टराईको आग्रह

राष्ट्रिय |
पर्यटन |


युएईलाई हवाई क्षेत्रमा लगानी गर्न मन्त्री भट्टराईको आग्रह


गोरखापत्र अनलाइन

काठमाडौं, असोज ४ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ) लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।  मन्त्री योगेश भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बीबीच आइतबार भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले सो आग्रह गर्नुभयो ।

उड्डयन क्षेत्रमा युएई सरकार र ब्यवसायीहरुलाई लगानी गर्न उहाँले आग्रह गर्नुभएको हो । कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानका लागि युएई सरकारको सहकार्यको प्रशंसा गर्नुहुँदै मन्त्री भट्टराईले आउँदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गर्नभयो ।

राजदुत नाक्बीले काठमाडौं–युएई उडान थप गर्न भेटघाटका क्रममा आग्रह गर्नुभएको मन्त्री भट्टराईका प्रेस संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सो सम्बन्धमा मन्त्री भट्टराईले त्यसबारे चाँडै निर्णय लिइने जानकारी गराउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?