logo
२०८१ बैशाख १४ शुक्रवार



भारतले नेपाललाई दुईहजार भाइल रिम्डिसिभिर उपलब्ध गरायाे 

राष्ट्रिय |


भारतले नेपाललाई दुईहजार भाइल रिम्डिसिभिर उपलब्ध गरायाे 


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३० गते । भारतले नेपाललाई कोरोना सङ्क्रमितको उपचारमा निकै उपयोगी मानिएको रिम्डिसिभिर औषधि दुई हजार भाइल सहयोगस्वरुप उपलब्ध गराएको छ ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई अजा सो औषधि हस्तान्तरण गर्नुभयो ।

नेपाल भारतबीच केही समयदेखि रोकिएको  संवाद तथा सहयोग आदानप्रदानको क्रम पुनःशुरु भएको छ । यसअघि बंगलादेशले पनि नेपाललाई पाँच हजार डोज रिम्डिसिभिर उपलब्ध गराएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?