logo
२०८१ बैशाख १४ शुक्रवार



बालबालिकालाई मनोवैज्ञानिक त्रास हुन नदिन सचेत रहनुपर्छ-मन्त्री गुरुङ

राष्ट्रिय |


बालबालिकालाई मनोवैज्ञानिक त्रास हुन नदिन सचेत रहनुपर्छ-मन्त्री गुरुङ


गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २९ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्ले कोभिड १९ का बेला बालबालिकाको मनोविज्ञान बुझेर व्यवहार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

कोरोनाका कारण शैक्षिकसत्र सुचारु नभएका बेला घरमै रहेका बालबालिकाको ध्यान अभिभावकले दिनुपर्ने उहाँले बताउनुभयो । बालदिवसको अवसरमा मदन भण्डारी फाउण्डेशनको आयोजनामा सोमबार आयोजित बालविकासमा कोरोना महामारीले पारेको असर विषयक भर्चुवल अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले त्यस्तो बताउनुभयो ।

बालबालिकालाई मानसिक तनाव हुन नदिनतिर पनि अभिभावक चनाखो हुनुपर्ने उहाँले बताउनुभयो । जनस्वास्थ्यविद डा. अरुणा उप्रेतीले अहिलेको कोभिड १९ संक्रमणका बेला सबैलाई आफ्नो स्वास्थ्यबारे चासो भए पनि बालबालिकाको स्वास्थ्यमा अभिभावकले चासो लिनुपर्ने बताउनुभयो । महामारीका बेला के र कस्तो खानेकुरा खानेमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

बालमनोविद डा. गंगा पाठकले कोरोनाले विश्व नै भयभित र त्रासमा रहेका बेला बालबालिकामा मनोवैज्ञानिक त्रास हुन नदिनेतर्फ अभिभावकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । घरमा बस्दा पनि शरीरलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै उहाँले बालबालिकालाई उफ्रने, खेल्ने काममा नियमित लगाउन आग्रह गर्नुभयो ।

बालशिक्षाविद डा. बासुदेव काफ्लेले बालबालिकालाई सुखी भन्दा पनि खुशी पार्नमा अभिभावकको भूमिका रहनुपर्ने बताउनुभयो । सुखी क्षणिक हुने तर खुशी नै दीर्घकालिन हुने भएकाले त्यसमा सबै चनाखो हुनुपर्ने बताउनुभयो ।

फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीको अध्यक्षतामा भएको भर्चुवल कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकसहित करिब दुई सयजना बढीको सहभागिता थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?