logo
२०७७ श्रावण ३० शुक्रवार

जनकपुरधाम उपमहानगरपालिकामा भोलिदेखि निषेधाज्ञा   

फिचर |
प्रदेश |


2020-08-02-19702



जनकपुरधाम, साउन १८ गते । जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो ।

सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?