logo
२०८१ बैशाख १४ शुक्रवार



दुई ट्राफिक प्रहरीमा सङ्क्रमण देखिएपछि बग्गीखानामा आउजाउ गर्न रोक

राष्ट्रिय |


दुई ट्राफिक प्रहरीमा सङ्क्रमण देखिएपछि बग्गीखानामा आउजाउ गर्न रोक


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन १८ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका दुई जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले त्यहाँ सर्वसाधारणलाई आउजाउ गर्न रोक लगाइएको छ ।
महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले भन्नुभयाे, 'सिल भन्ने कि के भन्ने भन्दा पनि सङ्क्रमण नसरोस् भनेर सर्वसाधारणलाई आउजाउमा बन्देज लगाइएको छ ।' 
अहिले रामशाहपथस्थित ब्यारेकमा अढाई सय जति ट्राफिक प्रहरी रहेका छन् । साथै त्यहाँ रहेका प्रहरीलाई पनि बाहिर जान दिइएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?