logo
२०८१ बैशाख २९ शनिवार



नौ जना नयाँ काेराेना सङ्क्रमित थपिए, कुल ५१६

राष्ट्रिय |


नौ जना नयाँ काेराेना सङ्क्रमित थपिए, कुल ५१६


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ९ गते । नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने नौ जना नयाँ बिरामी थपिएका छन् । नयाँ थपिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ५१६ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भक्तपुर, मकवानपुर, सप्तरीमा एक एक जना तथा बारामा छ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

बाराको सिमरौनगढ नगरपालिकाको छजनामा सङ्क्रमणको पुष्टि भएको छ । उनीहरु छ जनैको स्वास्थ्य परीक्षण किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडामा गरिएको छ । सङ्क्रमित छ जना २२ वर्षीय, २७ वर्षीय, ३० वर्षीय, ३४ वर्षीय, ३८ वर्षीय र ४५ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ थपिनेमा दुईजना महिला र सात जना पुरुष छन् । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं ३ बस्ने ५४ वर्षीय महिला र भक्तपुर–९ की ४२ वर्षीय महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षणपछि कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
त्यसैगरी, वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा परीक्षण गरिएको सप्तरीको बलान–बिहु गाउँपालिकाका एकजना ३५ वर्षीय पुरुषमा सङ्क्रमणको पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?