logo
२०८१ बैशाख १४ शुक्रवार



स्थानीय आफैँले सडकका खाल्टा पुरे

राष्ट्रिय |


स्थानीय आफैँले सडकका खाल्टा पुरे


वीरेन्द्रनगर समाचारदाता

सुुर्खेत, फागुुन १६ गते । सम्बन्धित नियकाले ध्यान नदिएपछि वीरेन्द्रनगरका सडकका खाल्डाखुुल्डी पुुर्न स्थानीयवासी आफैँ जुुटेका छन् । वीरेन्द्रनगर नगरपालिकाका–१३ स्थित इन्द्रपुुरका स्थानीयवासीले आफैँ नै खाल्डाखुुल्डी पुर्न थालेका हुन् ।
उनीहरूले आफ्नो गाउँमा रहेका करिब तीन किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्नुका साथै ढुङ्गा हालेका छन् । मदन भण्डारी राजमार्गको धुुलियाबिटदेखि रामचोकसम्मको करिब तीन किलोमिटर सडकका खाल्डाखुुल्डी पुरिएको छ ।
गाउँमा खाल्डाखुुल्डी भएर बिरामी लिन एम्बुुलेन्ससमेत जान नसकेपछि स्थानीयवासीले आफैँ खाल्डाखुुल्डी पुर्न थालेको बताएका छन् । स्थानीय युुवा कविनाथ योगीको अगुवाइमा स्थानीयवासीले सडकका खाल्डाखुुल्डी पुर्ने काम गरेका हुुन् । योगीले आफ्नो खर्चमा करिब ३४ टिपर ढुङ्गा, माटो ल्याएर सडकका खाल्डा पुरेको बताउनुुभयो ।
दुुई फिटसम्म खाल्डो हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएपछि स्थानीयवासीले सडकका खाल्डा पुुर्नु परेको बताउँछन् । स्थानीय कलबहादुर खाँण ठकुरीले सडकमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि हिँडे पनि बेवास्ता गरेको बताउनुभयो । उक्त सडकमा ढुङ्गा, गिटी र बालुवा लिन दैनिक एक सय बढी गाडी आउजाउ गर्छन् ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुुख मोहनमाया ढकालले सडकका खाल्डाखुल्डी प्राथमिकताको आधारमा पुुरिने बताउँदै समस्या भएको ठाउँमा नगरपालिकामा खबर आएपछि पुुर्ने काम गरिँदै आएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?