logo
२०८१ बैशाख १४ शुक्रवार



त्रिविमा बेथिति अन्त्यको प्रयास

राष्ट्रिय |


त्रिविमा बेथिति अन्त्यको प्रयास


शेषकान्त पण्डित

काठमाडौँ, फागुन १३ गते । त्रिभुवन विश्वविद्यालयले धेरै वर्षदेखिको बेथिति अन्त्य गर्दै सुधार अभियान तीव्र रूपमा अगाडि बढाएको छ । उपकुलपतिमा नियुक्त भएको झन्डैसय दिन पार गर्नुभएका प्राडा धर्मकान्त बाँस्कोटा विश्वविद्यालयलाई गतिशील बनाउने प्रयत्नमा  जुट्नुभएको छ । 
यसबीच उपकुलपति बाँस्कोटाले विश्वविद्यालयमा िरक्त पदाधिकारी नियुक्तिका लागि सहमतिको प्रयासलाई तीव्रता दिनुभएको छ भने भौतिक पूर्वाधा र, प रीक्षा प्रणाली, सूचना प्रविधि, शिक्षकको सम स्या समाधान गर्नेसम्मको सुधा र कार्यलाई ठोस रूपमा अघि बढाउनुभएको छ ।
बाँस्कोटा गत कात्तिक १७ गते उपकुलपतिमा नियुक्त हुनुभएको थियो । गोरखापत्रसँग कुरा गर्दै उपकुलपति बाँस्कोटाले विश्वविद्यालय सुधारका लागि आफूले ठोस योजनाका साथ काममा जुटेको जानका री दिनुभयो । उहाँले पद बहाली गर्दा त्रिविको गत असारमा पा िरत हुनुपर्ने वार्षिक बजेट पा िरत हुन सकेको थिएन । उहाँ जिम्मेवा रीमा पुगेपछि मङ ्सि र १३ गते त्रिवि सभामार्फत बजेट पा िरत ग िरयो । पुस ३ गते ४५औँ दीक्षान्त समारोह गरियो भने पुस दोस्रो साता त्रिविको िरक्त रजि स्ट्रा रमा प्राडा पेशल दाहाल नियुक्त हुनुभयो ।
विश्वविद्यालयमा शिक्षाध्यक्षमा भने नियुक्ति हुन सकेको छैन । उपकुलपति बाँस्कोटाले विश्वविद्यालय प्राज्ञिक थलो भएको र सहमतिमा चलाउनुपर्ने भएकाले त्यसका लागि आफ्नो तर्फबाट प्रधानमन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग पहल गरिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गि िर राजमणि पोख रेलसँग पटक पटक भेट ग री सहमतिका लागि पहल ग िरदिन उहाँले आग्रह गर्नुभएको छ । प्रम र शिक्षामन्त्रीले छिट्टै पदाधिका री नियुक्तिको विषय टुङ ्गो लगाउने आश्वासन दिनुभएको छ । अन्य राजनीतिक मुद्दाको ओझेलमा प रेकाले पदाधिकारी नियुक्तिले प्राथमिकता पाउन नसकेको उहाँको भनाइ छ ।
विश्वविद्यालयभित्र लामो समयदेखि सम स्याका रूपमा रहँदै आएको आंशिक तथा करार शिक्षकको दीर्घकालीन समाधानका लागि काम प्रारम्भ ग िरसकेको उपकुलपति बाँस्कोटाले जानकारी दिनुभयो । यसका लागि प्राडा अनुपकुमा र श्रेष्ठको नेतृत्वमा गठित कार्यदलले स्थलगत रूपमै काम प्रारम्भ ग िरसकेको छ ।
विश्वविद्यालयको अध्ययन संस्थान तथा सङ ्कायमा कक्षाभा र, क्रेडिट ट्रान्सफ र गे्रडिङ लगायतका विषयमा एकरूपता ल्याउन काम थालिएको छ । विभिन्न विश्वविद्यालय तथा अन्त र्राष्ट्रिय अभ्यास समेतलाई विचा र गरेर यसलाई टुङ ्गोमा पु¥याउन कार्यदललाई जिम्मेवारी दिइएको छ ।
साथै विभिन्न तहको वार्षिक परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई कार्यतालिका बनाए र अगाडि बढ ्ने नीतिगत निर्णय नयाँ उपकुलपतिले लिनुभएको छ । त्रिविले परीक्षा सञ्चालन, उत्तरपु िस्तका सङ ्कलन, विज्ञबाट परीक्षण अवधि, परीक्षाको टेबुलेसन र नतिजा प्रकाशनसम्मको कु रा कार्यतालिकामै स्पष्ट रूपमा ल्याउँदै छ । परीक्षा नियन्त्रण कार्यालय यसको तया रीमा जुटेको जनाइएको छ ।
विश्वविद्यालयमा सूचना प्रविधिमैत्रीको अधिकतम प्रयोग गर्ने हिसाबले आफूले सुधा रको कार्ययोजना अगाडि सा रेको बाँ स्कोटा बताउनुहुन्छ । विद्यार्थीको परीक्षा फाराम भर्नेदेखि ट्रान्सक्रिप्टको आवेदन, त्यो पाउने मिति, जागिर प्रवेशका आवेदनलाई अनलाइन प्रणालीबाट गर्ने तयारी थालिएको छ । विद्यार्थी उत्तीर्ण भए नभएको जानका रीसमेत दिने योजना छ । उपकुलपतिका अनुसा र यसमा १४ क रोड रुपियाँ खर्च भइसकेको छ त र कामले पूर्णता पाउन सकेको छैन । त्रिविको इन्जिनिय िरङ अध्ययन सं स्थानसँगको समन्वयमा यसलाई पूर्णता दिने तयारी विश्वविद्यालयको छ ।
उच्च शिक्षामा कस्तो खाले जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने विषयमा राष्ट्रिय योजना आयोगसँग यस बीचमा छलफल ग िरएको स्पष्ट गर्दै बाँ स्कोटाले अब आवश्यकताका आधा रमा मात्रै जनशक्ति उत्पादन ग िरनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सरकारी तहबाट हुने अध्ययन अनुसन्धान गैरसरकारी संस्थालाई दिने प्रवृत्तिका का रण विश्वविद्यालयका प्राध्यापक अनुसन्धानबाट विमुख हुँदै गएको स्पष्ट गर्दै उहाँले यसको जिम्मेवा री त्रिविलाई दिन मन्त्रालयहरूलाई पत्राचार ग िरएको बताउनुभयो । प्रम तथा शिक्षामन्त्रीलाई समेत यस विषयमा ध्यानाकर्षण गराइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?