logo
२०८१ बैशाख १४ शुक्रवार



महरालाई थप सात दिन थुनामा राख्न अनुमति

राष्ट्रिय |


महरालाई थप सात दिन थुनामा राख्न अनुमति
फाइल तस्बीर


गोरखापत्र अनलाइन 
काठमाडौं, कात्तिक ७ गते । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
संसद सचिवायलकी एक कर्मचारी माथि यौन दुव्यबहार भएको आरोपमा प्रहरी हिरासतमा रहनु भएका महरालाई प्रहरीले अनुसन्धान नसकिएको भन्दै पुनः म्याद थपको माग गरेको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उहाँलाई थप थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला अदालतले पहिलो पटक १३ दिन र दोस्रो पटक पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकोमा यस पटक सात दिनको म्याद दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?