logo
२०८१ बैशाख १५ शनिवार



सल्यानमा विपत व्यवस्थापन तालिम

राष्ट्रिय |


सल्यानमा विपत व्यवस्थापन तालिम



सल्यान समाचारदाता
सल्यान, कार्तिक १ गते । शारदा नगरपालिका सल्यानले जनप्रतिनिधिका लागि विपद व्यवस्थापन तालिम सम्पन्न गरेको छ । नेपाली सेनाको सवुज गण सल्यानको सहजिकरणमा नगरपालिका भित्रका १५ वटै वडाका जनप्रतिनिधिको सहभागितामा आयोजना भएको तालिममा प्राकृतिक विपद व्यवस्थापन र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिलाई सामना गर्न मानवीय रुपमा गर्ने व्यवहारका बारेमा जानकारी गराइएको थियो ।

भूकम्प, भूस्खलन, आगलागी र आपतकालीन दुर्घटनाजस्ता तालिम सञ्चालन गरिएको शारदा नगरपालिका प्रवक्ता दिपक हमालले जानकारी दिनुभयो ।
शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले मानवीय सुरक्षा नगरको प्रमुख दायित्व भएकाले विपद पूर्व तयारीका लागि आवश्यक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

नेपाली सेनाको सवुज गण सल्यानका गणपति घनश्याम भट्टराईले विपद जोखिम न्यूनिकरण गर्न समुदाय स्तरमा जागरण ल्याउन स्थानीय सरकारले पहलकदमी लिनुपर्ने बताउनुयो ।

विपद जोखिम गर्न मानवीय व्यवहारमा सुधार आउन आवश्यक भएको वडा नम्वर २ का अध्यक्ष केशव सिंह श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो भौतिक पूर्वाधार निर्माण बेलैमा ध्यान दिनु आवश्यक रहेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?