logo
२०८१ बैशाख १५ शनिवार



नक्कली व्यक्तिको मिर्गौंला प्रत्यारोपणको आरोपमा पाँच पक्राउ

राष्ट्रिय |


नक्कली व्यक्तिको मिर्गौंला प्रत्यारोपणको आरोपमा पाँच पक्राउ



देबबहादुर कुँबर

काठमाडौंँ, असोज २९ गते । नाताप्र्माणितमा नाम भएकाे भन्दा फरक ब्यक्तिको मिर्गौला झिकी प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले ललितपुर पुल्चोकस्थित निदान अस्पतालका सिईओ ( प्रमुख कार्यकारी अधिकृत ) सहित पाँचजनालाई बुधवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अस्पतालका सिइओ विपेन्द्र प्रधान, चिकित्सक राजेश पन्त, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, मिर्गौला प्रत्यारोपण गरिएका विरामी रामेछाप दोरम्बाका शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखाअधिकृत रामचन्द्र आले छन् ।
मानव वेचविखन अनुसन्धान ब्यूरोका अनुसार, विरामी लामाले भान्जा भनेर मिर्गौला दान गर्न नाता प्रमाणित गरी रामेछापबाट झिकाइएका ब्यक्ति र मिर्गौला दान गर्ने ब्यक्ति फरक–फरक भएको रहस्य खुलेपछि उहाँहरू पक्राउ पर्नु भएको हो ।
ब्यूरो प्रहरीका उपरीक्षक गोविन्द थपलियाले मिर्गौला प्रत्यारोपण गर्नका लागि झिकाइएका बास्तविक भान्जाको सट्टा भक्तपुरबाट अर्कै ब्यक्तिलाई भान्जा बनाई अस्पतालको रोहबरमा तीनलाखमा मिर्गौला किनवेच भएको बताउनुभयो ।
मिर्गौला प्रत्यारोपण गर्नु पहिला अस्पताल तथा जिल्ला प्रशासनका अधिकृतहरू सम्मिलि एक समितिले समेत नक्कली भान्जालाई नै सक्कली भनी प्रमाणित गरेको दखिएको छ । प्रहरीका अनुसार, एकजना दलालले आर्थिक प्रलोभनमा पारि ती ब्यक्तिलाई मिर्गौला विक्री गर्न अस्पताल पु¥याएको देखिन्छ ।
अस्पतालमा उपचारत लामाका आफन्तले रामेछाप दोरम्बा पुगेर सहोदर भान्जालाई नै मिर्गौला दान गर्न सहमत गर्नुका साथै सोही अनुसार नाता प्रमाण तयार पारेको देखिन्छ । तर, दान गर्ने ब्यक्ति भने भक्तपुरको भित्री ग्रामीण बस्तीमा बस्ने ३५ वर्षीय पुरुष हुन ।
ती ब्यक्तिको प्रहरीले नाम खुलाएको छैन । प्रहरीसंगको वयानमा तीनलाखमा विक्री गरेको बताएका हुन । मानव अंग प्रत्यारोपण सम्वन्धी कानुनले अंगदान गर्नका लागि आफन्त नातेदार तथा राजीखुशीले हुनुपर्ने व्यवस्था गरेको छ ।
कसैलाई आर्थिक प्रलोभन, लोभलालच, डरधम्की, त्रास तथा झुक्यानमा पारि जवरजस्ती मानव अंग खरिद विक्रीलाई मानव वेचविखन कानुन अन्तरगत कारवाही हुने व्यवस्था छ ।
ब्यूरो प्रहरीले पक्राउ अभियुक्तहरू विरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन अनुसार कारवाहीका लागि अनुसन्धान भइरहेको जनाएको छ । अस्पतालले भने मिर्गौला पिडीतहरूले नै आफूहरूलाई झुक्याएको दावी गरेका छन् ।
भान्जा भनेर नाता प्रमाणित गरी उपस्थित गराएको ब्यक्तिले नै आफू सहोदर भान्जा भनेकै आधारमा मिर्गौला प्रत्यारोपण गरिएको दावी अस्पतालको छ । मिर्गौला प्रत्यारोपण गरे वापत अस्पतालले ११ लाख रुपियाँ शुल्क लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?