logo
२०८१ बैशाख १५ शनिवार



जाम पन्छाउन सरकार गम्भीर हुनुपर्ने  ः नेता सिंह   

राष्ट्रिय |


जाम पन्छाउन सरकार गम्भीर हुनुपर्ने  ः नेता सिंह   


 
काठमाडौँ, असोज ११ गते । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं १ ले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले चाडपर्वको बेला महङ्गी ह्वात्तै बढेको बताउनुभयो ।    
    
“दुईतिहाई जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लाग्यो, भाषणले देश बन्दैन, जनताको न्यूनतम चाहना पनि सरकारले पूरा गर्न सकेन”–उहाँले भन्नुभयो । जनताले वर्तमान सरकारसँग ठूलो अपेक्षा गरेको उहाँको भनाइ थियो ।    
    
पूर्व उपप्रधानमन्त्री सिंहले सरकारलाई संविधान विपरीत काम नगर्न आग्रहसमेत गर्नुभयो । “सरकारलाई संविधानको मूल्य र मान्यताविपरीतका काम गर्न अधिकार छैन”, नेता सिंहले भन्नुभयो ।

नेता सिंहले चाडपर्वको समयमा देशका विभिन्न ठाउँमा भएको सवारी जामले जनता हैरानी खेप्नुपरेको भन्दै जाम पन्छाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?