logo
२०८१ बैशाख २० बिहीवार



विप्लव समूहका बारा सेक्रेटरी मिश्रा पक्राउ

राष्ट्रिय |


विप्लव समूहका बारा सेक्रेटरी मिश्रा पक्राउ


कलैया समाचारदाता ।

बारा, भदौ २७ गते । विप्लव नेतृत्वको नेकपाका बारा जिल्ला सेक्रेटरी आतिश मिश्रालाई शुक्रवार प्रहरीले वीरगंजको श्रीपुरबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले मिश्रालाई श्रीपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

फरार रहेका अभियुक्त मिश्रामाथि हत्या, डाँका, फिरौती, चन्दा आतङ्कलगायतका आधा दर्जन भन्दा बढी मुद्दा रहेकाले पक्राउ गरिएको हो ।

पक्राउ परेका मिश्रालाई बारा जिल्ला अदालतमा आज म्याद थपका लागि बुझाईएको र अदालतले अनुसन्धानका लागि पाँचदिनको म्याद थपेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

अभियुक्त मिश्रालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?