logo
२०८१ बैशाख १५ शनिवार



विश्वविद्यालयका उपकुलपतिमा कार्यबाहक तोकियो, त्रिविमा सुधा त्रिपाठी

राष्ट्रिय |


विश्वविद्यालयका उपकुलपतिमा कार्यबाहक तोकियो, त्रिविमा सुधा त्रिपाठी


गोरखापत्र अनलाइन
काठमाडौं साउन ५ गते । त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयमा उपकुलपति पदमा कार्यवहाक तोकिएको छ ।
त्रिभुवन विश्वविद्यालयका हालका कुलपति प्रा.डा. तीर्थ खनियाँको कार्यकाल शनिवारबाट रिक्त हुने भएकाले सो पदमा प्रा.डा. सुधा त्रिपाठीलाई कार्यवहाक दिइएको छ ।
त्यसै गरी नेपाल संस्कृत विश्वविद्यालयका कार्यवहाक उपकुलपतिमा रमेश ढकाल, कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा शरदा थपलीया र पूर्वाञ्चल विश्वविद्यालयमा बिजुकुमार थपलीयलाई कार्यवहाक तोकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो
त्यस्तै त्रिविको उपकुलपतिको नाम सिफारिसका लागि गठन गठित समितिको अवधि आगामी २० गतेसम्मका लागि थप गरिएको छ ।
त्यस्तै अन्य विश्वविद्यालयहरूमा उपकुलपति छनौटका लागि पनि समिति गठन गरिएको छ ।

 

त्रिविको उपकुलपति रिक्त, त्रिवि भिजन उपलब्धि - खनियाँ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?