logo
२०८१ जेष्ठ ४ शुक्रवार



पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान कात्तिकमा

पढ्नै पर्ने |
पर्यटन |


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान कात्तिकमा


काठमाडौं, चैत १० गते । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) उडान २०७९ कात्तिकभित्र गरिने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित थप छ वटा विमानस्थलको यान्त्रिक परीक्षण उडान सम्पन्न भएसँगै पोखराको उडानको कात्तिक महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको प्राधिकरणका निर्देशक विक्रमराज गौतमले जानकारी दिनुभयो ।

नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ । एरो थाई कम्पनीले गौतमबुद्ध सहित थप छ वटामा गरिने यान्त्रिक उडान सम्पन्न गरेपछि थप बाँकी विमानस्थलको क्यालिब्रेसन उडान पोखरासँगै गरिने जनाएको छ । नेपालमा ३६ वटा विमानस्थल सञ्चालनमा रहे पनि सबै विमानस्थलमा क्यालिब्रेसन फ्लाइट नवीकरण गर्नुपर्ने जरुरी नभएको गौतमले जानकारी दिनुभयो ।

पुसको सातामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै एरो थाईको विमान फर्किएको छ । गौतमबुद्धको उडान सम्पन्न गरेपछि प्राधिकरणले तत्काल थप विमानस्थलको क्यालिब्रेसन उडान गर्न अनुरोध गरेसँगै प्राधिकरणले एकै पटक छ वटा विमानस्थलमा उडान सम्पन्न गरेको थियो ।
। कोरोना महामारीका कारण परीक्षण उडान रोकिएसँगै विमानले थप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, पोखरा, विराटनगर, सिमरा, नेपालगञ्ज विमानस्थलमा क्यालिव्रेसन उडान सम्पन्न गरेको थियो ।

क्यालिब्रेसन फ्लाइट गर्न जहाज नेपाल ल्याउदाँ प्रतिघण्टा तीन हजार पाँच सय डलर खर्च गर्नुपर्ने भएकाले करिव आउने र जाने गरी १५ घण्टाको ५४ हजार डलर खर्च बचत भएको प्राधिकरणको भनाइ छ ।

प्रविधिहरुबाट नेभिगेसन सिष्टम जडान भएका र उपकरण प्रयोग गरेर उडान गर्ने विमानस्थलमा मात्र यो एक वर्षभित्रमा क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ । नेपालमा सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये भैरहवामा प्रत्येक ६÷६ महिना र बाँकी ३४ वटामा भने प्रत्येक वर्षमा क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ । आइएलएफ सिष्टम जडित विमानस्थलमा ६÷६ महिनामा गर्नुपर्ने हुन्छ नेपालमा यो भैरहवा विमानस्थलमात्र रहेको र बाँकी भिओआर पिएनइ सिष्टम जडान रहेकाले एक÷एक वर्षमा गर्नुपर्ने हुन्छ ।

जडित सामग्रीहरु प्राविधिक रुपमा ठीक छ छैन भनेर जाँच गर्न यो उडान गर्ने गरिन्छ । देशभरका विमानस्थलमध्ये गौतमबुद्ध अन्तर्रारष्ट्रिय विमानस्थलमा अन्य विमानस्थलभन्दा नयाँ प्रविधिका सामग्री जडान गरिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उडड्यन प्राधिकरणले गर्ने हवाइ सुरक्षालाई ध्यानमा राखेर गर्ने लेखापरीक्षणमा सफल हुन क्यालिब्रेसन उडान गर्नु अनिवार्य शर्त रहेको प्राधिकरणले जनाएको छ । यो उडानसँगै नेपालको हवाइ सुरक्षा राम्रो हुने विश्वास प्राधिकरणले लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?