logo
२०८१ बैशाख १४ शुक्रवार



काठमाडौंका १७ स्थानमा आजदेखि अग्रपङ्क्तिमा खटिनेलाई 'बुस्टर डाेज'

स्वास्थ्य |
पढ्नै पर्ने |


काठमाडौंका १७ स्थानमा आजदेखि  अग्रपङ्क्तिमा खटिनेलाई 'बुस्टर डाेज'


काठमाडौं, माघ ३ गते । काठमाडौंका १७ स्थानबाट आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको छ । सरकारले आइतबारदेखि नै बुस्टर मात्रा लगाउन निर्देशन दिएको थियो । आइतबारदेखि नै बुस्टर मात्रा दिने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो ।

स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १७ वटा स्थानबाट अग्रपङ्क्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख शम्भु काफ्लेका अनुसार  आठवटा सरकारी अस्पताल र नाकासहित नाै वटा निजी अस्पतालबाट गरी १७ स्थानबाट खोप दिन लागिएको हो ।

बुस्टर डोज लगाइने केन्द्र
नेपाली सेनाको अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज,सशस्त्र प्रहरी अस्पताल बलम्बु,त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज,वीर अस्पताल महाबाैद्ध, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर,सुभेक्षा अस्पताल सितापाइला,जनमैत्री अस्पताल बालाजु,पिपुल्स डेन्टल कलेज सामाखुशी,नर्भिक अस्पताल थापाथली, नोभेल अस्पताल सिनामङ्गल,बयोधा अस्पताल बल्खु,शहीद मेमोरियल अस्पताल कलंकी, बसपार्क,एपेक्स पोलिक्लिनिक जडीबुटी र  लोट्से भवन नयाँ बसपार्क बुस्टर मात्रा लगाइँदै छ । 

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानुपर्नेछ । यस्तै, आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।पहिला जुन खोप लगाइएको थियो बुस्टर पनि सोही खोपको लगाउन सरकारले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?