logo
२०८१ बैशाख १४ शुक्रवार



जीप दुर्घटना : मृतकको सङ्ख्या छ पुग्यो, (नामावली सहित )

प्रदेश |
पढ्नै पर्ने |


जीप दुर्घटना : मृतकको सङ्ख्या छ पुग्यो, (नामावली सहित )
तस्बिर : अमरराज नहर्की


 

अमरराज नहर्की तनहुँ, पुस ३० गते । तनहुँको बन्दीपुर गाउँपालिकामा पर्ने साराङ्घाटबाट बन्दीपुर जाँदै गरेको ग १ ज ६५५५ नम्बरको बोलेरो जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्या ६ पुगेको छ । घटनास्थलमै चारको मृत्यु भएको सो दुर्घटनामा उपचारको लागि लैजाँदै गर्दा एकको बाटोमा र एकको बन्दीपुर अस्पतालमा उपचारको क्रममा एकको गरी ६ जनाको मृत्यु भएको घटनास्थल पुग्नु भएका इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रमुख प्रहरी निरीक्षक विकास अधिकारीले जानकारी दिनुभयो ।
बन्दीपुर गाउँपालिका–६ मा शुक्रबार साँझ ८ बजे जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप अनियन्त्रित भई धरमपानी स्थित हटियाको भीरबाट १०० मिटर तल खसेको थियो । बन्दीपुर गाउँपालिका–६ का ९ महिने बालक आरुवी थापा, २४ वर्षिय रोशन गुरुङ, ५३ वर्षिय हरिबहादुर न्यौपाने र न्यौपानेको श्रीमती ४८ वर्षिय सुशीलादेवी न्यौपाने घटना स्थलमै मृत्यु भएको थियो । सोही ठाउँकी ५० वर्षिया बिमाया गुरूङको बन्दीपुर अस्पतालमा लैजाँदै सोही ठाउँका ४८ वर्षिय सन्तबहादुर गुरुङको उपचारका क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको प्रहरीले इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ ।
बन्दीपुर गाउँपालिका–हुस्लाङकोट बस्ने बर्ष ४८ की ममकुली गुरुङ, सोही ठाउँकी वर्ष २२ की कुमारी गुरुङ, सोही वडाको भाक्से बस्ने बर्ष १६ की सनिसा थापा, सोही ठाउँकी सात महिनाकी बिबिसा थापा, सोही ठाउँ निवासी बर्ष १८ को कुमार थापा, बर्ष २० को दान ब.थापा, बर्ष २१ को बिपिन थापा गरी ८ जना घाइते भई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचार चितवन स्थित भरपुर शिक्षण अस्पतालमा उपचार भईररहेको प्रहरीले जनाएको छ । जीपका चालक तथा साहु ४८ वर्षिय आनन्द गुरुङ फरार रहेकाले खोजी भईरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
 
 
 
 

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?