logo
२०७८ मंसिर १८ शनिवार



राष्ट्रिय सभाको निर्वाचनबारे प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

पढ्नै पर्ने |
मुख्य समाचार |


राष्ट्रिय सभाको निर्वाचनबारे प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल


काठमाडौं, कात्तिक ८ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचनबारे छलफल भएको छ । सोमबार प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सदस्यबीच पहिलो चरणमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
पहिलो चरणमा आज भएको छलफलमा आगामी फागुनमा रिक्त हुने राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन गर्ने र मिति तोक्नेलगायत अन्य विविध विषयमा छलफल भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
‘निर्वाचनबारे पहिलो चरणको छलफल आज भएको छ । यसबारे थप छलफल हुन बाँकी छ,’ उहाँले भन्नुभयो,‘अर्को छलफलका लागि अहिले मिति तय भएको छैन । एक–दुई दिनभित्र तय हुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?