logo
२०८० चैत्र ६ मंगलवार

  किन असुरक्षित बन्दैछ पहाडी सडक यात्रा ?  



हामीले सडक बनायौं तर सुरक्षित सडक बनाएनौं : विज्ञ

पढ्नै पर्ने |
राष्ट्रिय |


हामीले सडक बनायौं  तर सुरक्षित सडक बनाएनौं : विज्ञ


काठमाडौं, असोज २८ गते । सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले बर्सेनि करोडौं रुपियाँ खर्च गरे पनि लापरबाही र सडकको दूरवस्थाका कारण दुर्घटनामा कमी आउन सकेको छैन । नेपालमा बर्सेनि सडक दुर्घटनामा सयाैंले ज्यान गुमाउने गरेको प्रहरीको आँकडाले देखाउँछ ।
अझै दुर्घटनापनि अङ्गभङ्ग भएकाको सङ्ख्या त्योभन्दा बढी हुने गरेको छ । यसै हप्दुता ई दिनको अवधिमा मात्रै पहाडी सडकमा सवारी दुर्घटना हुँदा ४० जनाले ज्यान गुमाएका छन् ।
पहाडी जिल्लाको सडकमा पछिल्लो समय बढी दुर्घटना हुने गरेको पाइएको छ । सडकको नाजुक सुरक्षा अवस्थाका कारण दुई दिनमा दुई ठूलो दुर्घटनामा ४० जनाको ज्यान गयो ।सोमबार दिउँसो कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भयो । अन्नपूर्ण गाउँपालिका–१० हुदुस्थित नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप अनियन्त्रित भई पोखरा घान्द्रुक कच्ची सडक खण्डको कलडाँडा भीरको घुम्तीमा दुर्घटना भएको थियो । जीप दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरु काठमाडौंबाट घान्द्रुक घुम्न गएको खुलेको थियो ।
त्यस्तौ मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको यात्रुबहाक बस छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटना भयो । उक्त दुर्घटनामा ३२ जनाले ज्यान गुमाए । २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् । प्रहरीले दुर्घटनाको कारण चालकतर्फको टायर पञ्चर भइ भएको हुनसक्ने अनुमान गरेको छ ।
हिन्दुहरुको बडा दशैं शुरु भइसकेको छ । दशैंसँगै सवारी दुर्घटनाको घटनाहरु सार्वजनिक भइरहेको छ । रमाइलो गर्ने चाडको मुखमा दुःखद सवारी दुर्घटनाका समाचारहरु सार्वजनिक भइरहेका छन् ।
असुरक्षित सडकका कारण बढी दुर्घटना हुने गरेको सडक विज्ञको भनाइ छ । सडक विज्ञ आषिश गजुरेलले सुरक्षित सडक नभएका कारण धेरै दुर्घटना हुने गरेको बताउनुहुन्छ । ‘गाउँ–गाउँलाई सडक सञ्जलसँग जोड्नेलाई प्राथमिकता दियौं । हामीले सडक बनायौं तर, सुरक्षित सडक बनाएनौं,’ विज्ञ जजुरेलले भन्नुभयो, ‘सबैभन्दा ठूलो समस्या पूर्वधार कमजोर हुनु हो ।’
 मुगुमा भएको सडक दुर्घटनामा ३२ जनाको ज्यान गयो । त्यस सडकमा ‘रोड सेफ्टि ब्यारियर’ लगाएको भए यति ठूलो क्षति नहुने उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार सडक सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्न नसकेका कारण पनि दुर्घटना बढ्दै गएको छ । अर्को कुरा चाडवाडको बेला ओभर लोडका कारण पनि दुर्घटना हुने गरेको उहाँले बताउनुभयो ।
गाडीमा क्षमताभन्दा धेरै यात्रु राख्ने, जसले गर्दा घुमाउरो बाटोमा समस्या हुन्छ । गाडीको ब्रेक नलाग्ने हुन्छ । दिन रात गाडी चलाउने । चालकले आराम कम गर्ने । धेरै समय ड्राइभिङ्ग गर्ने आदि कारणले गर्दा दुर्घटना निम्तिने गरेको उहाँले बताउनुभयो ।
त्यस्तै सवारी साधनको जाँच गर्ने कुनै निकायको व्यवस्था छैन र सडकको दूरवस्थाका कारण दुर्घटना भइरहेको छ र कमी आउन नसकेको उहाँको भनाइ छ ।
दुर्घटनालाई कम गर्ने हो भने सडक छेउमा रोड सेफ्टि ब्यारियर, पर्याप्त सुरक्षा संकेत चिन्ह राख्ने, सुरक्षित सडक निर्माण गर्नुपर्यो, सवारी साधन जाँच गर्न प्रवन्ध मिलाउनुपर्यो । चालकले ट्राफिक नियम पालना गर्नुपर्यो र एक जना चालकले दिन आठ घण्टाभन्दा बढी गाडी न नचलाउने हो भने केही हदसम्म दुर्घटना कम हुने सक्ने सडक विज्ञ गजुरेलले बताउनुभयो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?