logo
२०८१ जेष्ठ १० बिहीवार



प्रदेश २ का मुख्यमन्त्रीकाे कार्यालयमा अख्तियारको छापा

पढ्नै पर्ने |


प्रदेश २ का मुख्यमन्त्रीकाे कार्यालयमा अख्तियारको छापा
तस्बिर सामाजिक सञ्जाल


काठमाडौं, असोज १३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ । आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्याक्रममा अनियमितता भएको समाचार बाहिरिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानका लागि करिब ११ करोडका १७ हजार साइकल सार्वजनिक खरिद ऐन नियमको मापदण्ड विपरित खरिद गरेको भन्ने विषयमा आयोगको निर्णयबाट आयोगको केन्द्रीय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालय पुगेको थियो ।

संयुक्त टोलीले कागजात जफत गरेको उहाँले बताउनुभयो । ‘कागजात नियन्त्रणपछि ती कागजातहरुलाई बर्दिबासले आयोगको केन्द्रीय कार्यालय टङ्गाल पठाउँछ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि तुरुन्तै अनुसन्धान शुरु हुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?