logo
२०८१ बैशाख १४ शुक्रवार

  दृश्य समाचार  



यसरी भयाे बुद्ध एयरकाे विमान सकुशल अवतरण

पढ्नै पर्ने |


यसरी भयाे बुद्ध एयरकाे विमान सकुशल अवतरण


काठमाडौं,असोज ११ गते । बुद्ध एयरको जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्यान्डिङ् गियर इन्डिकेटरमा समस्या आएपछि काठमाडाैंमा सकुशल अवतरण गरेकाे छ । जहामा ल्याण्डिङ गेयरमा दुईवटा इन्डिकेट रहनेमा प्राइमरी इिण्डिकेटरमा संकेत नदेखिएकाे तर सेकेण्डरी इन्डिकेटर ठीकठाक रहेकाे बुद्ध एयले जनाएकाे छ ।

जहाजमा उत्पन्न भएको समस्याका कारण यात्रुहमा पर्न गरेको असुविधाप्रति बुद्ध एयरले विज्ञप्ति निकालेर क्षमा मागेको छ । पाइलटले विमानलाइ कुशलता पूर्वक अवतरण गराउनुृ भएकाे थियाे ।  जहाजमा वयस्क ६८, बच्चा दुई र चालक दलका सदस्य तीन जनासहित ७३ जना सवार थिए। सवार सबैको अवस्था सकुसल रहेको बुद्ध एयरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?