logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/

     दृश्य समाचार  



व्यापार र सदभावकाे संगम बन्दै पुस्ताैली पाेते व्यबसाय

पढ्नै पर्ने |
समाज |


व्यापार र सदभावकाे संगम बन्दै पुस्ताैली पाेते व्यबसाय


दीपा चाैधरी, दृश्यमा मनाेजरत्न शाही, प्रस्तुति महिमा देवकाेटा 

काठमाडाैं, साउन ८ गते ।  राजधानीको मुख्य व्यापारिक क्षेत्रका रुपमा रहेको इन्द्रचोकको बाजर क्षेत्रकाे भाैतिक संरचना व्यापार व्यासायमा विभिन्न कालखण्डमा धेरै परिवर्तन भए तर यस्तो परिवर्तनले यहाँका यहाँ वर्षैंदेखि रहँदै आएको चुरा पोते व्यापारमा भने खासै परिवर्तन छैन ।नेवाःहरुको बाहुल्यता भएको यस क्षेत्रमा मल्लकालदेखि नै हिन्दु नारीहरुले सौभाग्यका रुपमा प्रयोग गर्ने चुरा पोते व्यापार चल्दै आएको छ । पुस्तौंदेखि मुस्लिम सुमदायबाट यो व्यापार चल्दै आएको हो ।


आफू मल्लकालीन समयदेखि यस स्थानमा व्यवसाय गरिरहेको मुस्लिम समुदायका अगुवाहरू बताउनु हुन्छ । उहाँहरु यो व्यवसायलाई एक किसिमको धार्मिक सहिष्णुताको संगम विन्दु भन्न रुचाउँनु हुन्छ ।
इन्द्रचोकमा प्रायः सबै मौसममा रंगीचङ्गी पोते किनमेल गर्नेको भीड हुन्छ । यहाँ विक्रीका लागि राखिएका पोते देश विदेशमा समेत पुग्छन् । अहिले अन्य समुदायको व्यापार व्यबसायमा विविधिकरण भएको छ तर यहाँ हजुरवादेखि नाति पुस्तसम्म एकै स्थानमा व्यापार गरी रहनु भएको छ ।दैनिक एक हजारदेखि १२ सयसम्मको व्यक्तिगत कमाइ हुने व्यापारिहरुको भनाइ छ । आफू चौथो पुस्ता भएको गर्वका भन्न रुचाउने उहाँहरू आफनो सीप र कलालाई अर्को समुदाय र धर्मले आत्मसाथ गरेको देख्दा खुशी लागेको बताउँनुहुन्छ । पोते बनाउन धेरै ठूलो लगानी गर्नु पर्दैन ।

दैनिक हजारौं मानिसहरुको भीड हुने यो स्थान अलि साँघुरो छ तर पनि पनि यहाँ व्यवसाय गरी बसेकाहरु पारिवारिक वातावरणमा मिलीजुली व्यापार गरेको पाइन्छ । यहाँ विशेषत विवाहको लगन तथा तीजका अवसरमा अत्याधिक भीड हुने गर्छ उक्त स्थानमा एउटा पोते बनाएको ज्याला दुई सय रुपियाँदेखि सात सय रुपियाँ सम्म मात्र लिने गरेको व्यापारिहरुको भनाइ छ ।
मल्लकालदेखिको जिँउदो ऐतिहासिक बजारको रुप स्थापित यो स्थानमा व्यापार व्यवसाय गरि बस्ने मुस्लिम समुदायले आफूलाई नेपाली मुस्लिम मात्र हैन अझ नेवाः मुस्लिम भन्न रुचाउँनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?