logo
२०८१ बैशाख १४ शुक्रवार



अध्यक्ष ओली र नेता नेपालबीच वार्ता हुनु आफैंमा सकारात्मक सन्देश होः महासचिव पोखरेल

राष्ट्रिय |


अध्यक्ष ओली र नेता नेपालबीच वार्ता हुनु आफैंमा सकारात्मक सन्देश होः महासचिव पोखरेल


लक्की चाैधरी 
काठमाडौं, असार २३ गते । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक्लाएक्लै वार्ता हुनु आफैमा सकारात्मक सन्देश भएको बताउनुभएको छ । मेरियट होटलमा आज भएको वार्तामा सहभागी रहनुभएका महासचिव पोखरेलले दुई नेताबीच विषयकेन्द्रित छलफल भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले वार्ताका लागि नेता नेपाललाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउन आग्रह गर्नुभएको थियो । तर नेता नेपाल बालुवाटार जान तयार नहुनु भएपछि नक्सालस्थित होटल मेरियटमा वार्ता तय भएको महासचिव पोखरेलले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । वार्ता सकारात्मक ढङ्गले अघि बढेकाले एक वा दुई सिटिङमा कुरा मिल्नसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नक्सालस्थित होटल मेरियटमा बुधबार अबेर अपरान्ह भएको करिब डेढ घण्टा लामो वार्ता भएको र करिब एक घण्टा दुई नेताहरु एक्लाएक्लै वार्ता गर्नुभएको महासचिव पोखरेलले बताउनुभयो । सहमतिको अन्तिम तयारीसाथ वार्ता थालिए पनि सबै विषयमा सहमति बन्न नसकेपछि आज टुङ्गो नलागेको उहााले जानकारी दिनुभयो ।वार्तामा अध्यक्ष ओली र नेता नेपालसँगै अन्य नेताहरु महासचिव पोखरेल, नेताहरु सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, भीमबहादुर रावल र सुरेन्द्र पाण्डेको सहभागिता थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप