logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/



कोरोनाको दोस्रो लहर, के भन्छन् डाक्टर ?

पढ्नै पर्ने |
शनिवार |


कोरोनाको दोस्रो लहर, के भन्छन् डाक्टर ?


सरोज ढुङ्गेल


नेपालमा दोस्रो लहरको कोरोना सङ्क्रमणले गाँजेको छ । पहिलो लहरको सङ्क्रमणभन्दा दोस्रो लहरको सङ्क्रमण अत्यधिक घातक छ । दोस्रो लहरको कोरोना सङ्क्रमण अर्थात् कोभिडले धेरैको ज्यान लिइसकेको छ । नेपालमा दोस्रो लहरको कोभिड महामारीमा अस्पतालमा शøया, आइसियु, भेन्टिलेटर तथा अक्सिजनसमेत पाउन मुस्किल भयो । अहिले पनि आइसियु र भेन्टलेटर पाउन मुस्किल नै छ । केही दिन अघिसम्म अस्पतालहरूमा अक्सिजनको चरम अभाव भएपछि अस्पतालहरूले सङ्क्रमितका आफन्तलाई अक्सिजनको व्यवस्था आफैँ गर्न दबाब दिएका थिए । अक्सिजन नल्याएको अवस्थामा बिरामीको ज्यान तलमाथि हुनसक्ने अवस्था थियो । तर अहिले त्यो अवस्था गुजँ्रदै गएको छ । पछिल्लो समय भर्खरका युवाको पनि कोभिडको कारण मृत्यु भएको छ । कतिपय सङ्क्रमितले अक्सिजन नपाएर मृत्युवरण गर्नुपरेको छ भने कतिपयले आइसियु भेन्टिलेटर नपाएर ज्यान गुमाउनु परेको छ । निजी अस्पतालमा बिरामी लैजाँदा एक दिनको ६० /७० हजार रुपियाँ बिल उठ्नाले कतिपयको बिल्लिबाठ भएको छ ।
यदि कोरोना सङ्क्रमण भएमा के गर्ने, कस्ता खानेकुरा खाने, कसरी घरमै बसेर कोरोनालाई जित्न सकिन्छ भन्ने बारेमा धेरैलाई अन्योल छ । कतिपयले घरमै बसेर सामाजिक सञ्जालका भरमा औषधि सेवन गर्छन् । सामाजिक सञ्जालको भर पर्दा ज्यानै जानसक्नेतर्फ सचेत गराउँदै निम्न कुरामा ध्यान दिन चिकित्सकले सल्लाह दिएका छन् ।
नेपालमा लक्षण विहीन कोरोना सङ्क्रमित धेरै छन् । तिनीहरूले अरू व्यक्तिलाई सारे भने अर्को व्यक्तिलाई असर गर्ने र उसको मृत्यु पनि हुनसक्छ । आफूलाई केही भएको छैन भनेर हेलचेत्र्mयाइँ गर्नु अरू व्यक्तिका लागि घातक विषय हो । सङ्क्रमण हुनेमध्ये कसैलाई लक्षण देखिन सक्छ, कसैलाई देखिँदैन । पछिल्लो समय एउटा परिवारमा कोरोना देखियो भने परिवारका ९० प्रतिशतलाई कोभिड सङ्क्रमण भएको छ । सङ्क्रमणको पुष्टि भइसकेपछि के समस्या भएको छ, त्योबारे सङ्क्रमितले ध्यान पु¥याउनुपर्छ । सङ्क्रमित व्यक्ति कुन उमेर समूहको हो भन्नेबारे चनाखो हुनुपर्छ । सङ्क्रमितले कोभिडविरुद्ध खोप लगाएको छ छैन भन्ने विषय पनि महŒवपूर्ण विषय हो । खोप लगाएका मानिसलाई कोभिडले त्यति गाह्रो बनाएको छैन । दुवै मात्रा लगाएकालाई केही पनि भएको छैन । एउटा मात्रा लगाएकालाई समस्या कम मात्रा देखिएको छ । सङ्क्रमित भइसकेपछि घर बस्दा खानेकुरामा जोड दिनुपर्छ । कोभिड भइसकेपछि स्वाद भए पनि नभए पनि प्रशस्त खानेकुरा खानुपर्छ । आफ्नो घरमा जे खाना छ, त्यही खानेकुरा खानुपर्छ । घरमा एक्लै बस्दा दिक्क लाग्यो भनेर रक्सी र चुरोट खान त हुँदै हुँदैन । फाइदा गर्छ भन्दैमा दश थरिका भिटामिन पनि खानु हँुदैन । भिटामिन बी, सी, ई, डी खानुपर्छ भन्दै स्वास्थ्यकर्मीको परामर्शविना खाएको पाइन्छ । तर यो गलत हो । भोक लागेन भन्दैमा भिटामिन खानु हुँदैन । घरमै बनाएको झोलिलो पदार्थ प्रशस्त मात्रामा खानुपर्छ । ज्वरो एक सय डिग्रीभन्दा माथि आयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । वा यो बेला ज्वरो कम गर्न पारासिटामोल खान सकिन्छ । ज्वरो ९९ डिग्रीसम्म छ भने र सामान्य खोकी मात्र छ भने स्वास्थ्यकर्मीको परामर्श नगरी पारासिटामोल खाए हुन्छ । कसैकसैलाई घाँटी खसखसाउने भयो भने एलर्जीको औषधि पनि खान सकिन्छ । त्योबाहेक कोभिड भएको अवस्थामा एन्टीबायोटिक औषधि खानु हँुदैन । समयसमयमा चिकित्सकको परामर्श लिनुपर्छ । उमेर ढल्कँदै गएको व्यक्तिलाई सङ्क्रमित भएको छ÷सात दिनबाट गाह्रो हुन सक्छ । सात दिनदेखि ११ दिनसम्म छातीमा समस्या गराउन सक्छ । निमोनिया पनि हुनसक्छ । त्यो बेला छातीको एक्सरे गराउनुपर्छ । एक्सरे गरेको अवस्थामा निमोनिया छ/छैन भनेर पत्ता लगाउन सकिन्छ ।

पल्र्सअक्सिमिटर घरमा राखौँ
घरमा पल्र्सअक्सिमिटर छ भने त्यसले आफ्नो अक्सिजनको मात्रा नाप्नुपर्छ । अक्सिमिटरले नाप्दा साधारण व्यक्तिको अक्सिजनको मात्रा ९६ भन्दा माथि हुन्छ । ९२ भन्दा पनि कम भयो भने समस्या बढ्न सक्छ । ९० भन्दा कम भयो भने धेरै समस्या गराउँछ । अक्सिजनको मात्रा कति छ भन्ने कुरा महŒवपूर्ण हो । त्यस्तो बेलामा अक्सिजन घट्यो भने सजकता अपनाउनुपर्छ । उठ्दा, बस्दा र हिँडडुल गर्दा अक्सिजन घट्न सक्छ । आफूलाई असहज भएको छ भने सुत्ने र लामो–लामो श्वास फेर्ने गर्नुपर्छ । त्यसले गर्दा फोक्सोमा अक्सिजनको मात्रा बढ्दै जान्छ । घरमा खानेकुरा यही खानुपर्छ भन्ने छैन । तागतिलो पदार्थ खानुप¥यो । माछा, मासु खानेले माछामासुको झोल खादा हुन्छ । गेडागुडीको रस नियमित खानुपर्छ । हरियो साग निरन्तर खाने गर्नुपर्छ । भात खान सकिँदैन भने जाउलो बनाएर खान सकिन्छ । थोरै–थोरै खाने तर धेरै पटक गरेर खाँदा पनि हुन्छ । जसले शरीरको कमजोरीलाई घटाउँछ । कोभिडले सबै मानिस गम्भीर हुने होइन । मलाई निको हुन्छ निको भएरै देखाउँछु भन्ने आत्मबल पनि चाहिन्छ । धेरै गाह्रो भयो । अक्सिजन घट्दै गएको छ भने कोभिडलाई पेल्न सक्छु भनेर घरमै बस्नु पनि हँुदैन ।

कुन औषधि खाने ?
कोभिड भइसकेपछि शरीरमा थकान हुन्छ । शरीर धेरै दुःखेको छ भने सिटामोल खानुपर्छ । सिटामोलले ज्वरो मात्र होइन, दुखाइ पनि कम गर्छ । कमजोर बनाएको छ भने चिकित्सकको सल्लाहमा केही भिटामिनहरू खान सकिन्छ । त्यो बेला भिटामिन बी र सी खान सकिन्छ । त्यसले प्रतिरोधात्मक शक्ति बढाउन मद्दत गर्छ । धेरैजसो त झोल खानेकुरा खानुपर्छ । कोभिडले मानिसलाई धेरै कमजोरी बनाउँछ । विभिन्न भिटामिन हामीले खाने खानेकुरामा हुन्छन् । ज्यान धेरै नै गल्यो भने सिटामोल खाए पनि पुग्छ । शरीर धेरै नै गलेको छ भने चिकित्सकको सल्लाह लिनुपर्छ । अक्सिजनको मात्रा कम भएर पनि गलेको हुनसक्छ । अक्सिजनको मात्रा घट्दै गयो भने ह्याप्पी हाइपोक्सिया हुन सक्छ । कोभिड भएको सात, आठ दिनमा अक्सिजनको मात्रा घट्दै गएको हुन्छ तर मानिसलाई थाहा हुन्न । सङ्क्रमितलाई अक्सिजन ड्रप भएर ८० वा ८० भन्दा तल हुँदै गएर घट्नसक्छ । अक्सिजन घटेको बेलामा पनि गाह्रो हुन्छ । यो बेला अस्पताल लगेर पनि सामान्य अवस्थामा ल्याउन धेरै गाह्रो हुन्छ । झट्ट हेर्दा मानिस हिँडेकै हुन्छ । अक्सिजन कम भयो भने टोलाएर बसेजस्तो गर्ने, अरूले बोलाएको पनि नसुन्ने र उत्तर नदिने हुन्छ । त्यो अवस्थामा तुरुन्तै अस्पताल लगिहाल्नुपर्छ । मानिसमा अक्सिजनको मात्रा पनि फरक फरक हुन्छ ।

अक्सिजन कति हुुनुपर्छ
सामान्यतया बालबालिकामा अक्सिजनको त्यति समस्या छैन । बूढाबूढीको भन्दा पनि फोक्सोको रोग हुनेहरूलाई यसको बढी समस्या हुन्छ । जस्तै दमका बिरामीहरू, सूर्ती, चुरोट खानेहरूको अक्सिजनको मात्रा पहिल्यै ९० भन्दा कम भएको हुन सक्छ । उनीहरूको फोक्सोको क्षमता नै कम हुन सक्छ । फोक्सो पहिले नै बिग्रिसकेको पनि हुन सक्छ । उनीहरूको श्वासप्रश्वासको मात्रा राम्रो नहुन सक्छ । रोगी व्यक्तिहरूको अक्सिजनको मात्रा पहिलेदेखि नै घटेको पनि हुन्छ । हिमाली भेगमा बस्नेहरूको अक्सिजनको मात्रा कम भएको हुन्छ । तर राताराता गाला भएका हुन्छन् । अक्सिजनको मात्रा ठाउँ हेरेर पनि फरक फरक हुने गर्छ । यो उमेरकालाई यति मात्रा भन्नुभन्दा पनि सामान्य मानिसको अक्सिजनको मात्रा ९६ हुनैपर्छ ।

कस्ता खानेकुरा खाने ?
सङ्क्रमितलाई खानेकुरामा प्रोटिन धेरै भएका खानेकुरा खुवाउनुपर्छ । भाइरसले शरीरको विभिन्न भागमा प्रहार गरेको हुन्छ । पहिलो प्रहार फोक्सोमा गर्छ । तर अन्य भागमा पनि कोभिडले असर पु¥याउँछ । त्यसैले शरीरलाई आवश्यक पर्ने तŒवहरू खानुपर्छ । जस्तै हरियो सागपात, फलफूल, नियमित खानुपर्छ । कोभिड भएपछि एक्लै बस्दा दिक्क लाग्छ । इष्टमित्रहरू घरमा आउँदैनन् भनेर दिक्क मान्नु हँुदैन । बरु त्यो बेला सकेको काम गर्न सकिन्छ । त्यसैले खानामा विशेष ध्यान दिनैपर्छ । भातमा त धेरै मात्रामा क्यालोरी मात्र हुन्छ । दाललगायतका प्रोटिन भएका खानेकुरा र हरियो सागसब्जी खानुपर्छ । बजारको खानेकुरा खानुहँुदैन । बजारबाट सुप भनेर ल्याउँछन् तर त्यो कहिले बनेको हुन्छ, थाहा हुँदैन । स्वाद भयो भन्दैमा बजारबाट किनेर ल्याएर कहिल्यै खानु हँुदैन । जिब्रोलाई मिठो त हुन्छ । तर कहिले बनाएको, के हालेर बनाएको त्यसबारे हाम्रो ध्यान जाँदैन । कोभिडको बेला मुख मिठो हुँदैन । मिठो हुन्छ कि भनेर बजारबाट खानेकुरा ल्याउने बानी हुन्छ । त्यसले झनै नराम्रो असर पार्न सक्ने सम्भावना हुन्छ ।

व्यायाम
सङ्क्रमित व्यक्तिले साधारण किसिमको शारीरिक व्यायाम गर्नैपर्छ । योग गर्ने बानी छ भने योग गर्दा पनि हुन्छ । त्यो सकिँदैन भने घरको वरिपरि हिँडडुल गर्नुपर्छ । घरमा सानोतिनो काम छ भने त्यो काम गर्दा पनि हुन्छ ।
कोभिड भइसकेर निको हँुदै गएका व्यक्तिले फोक्सोको व्यायाम गर्नुपर्छ । केही नभए बेलुन ल्याएर त्यसलाई फुक्नुपर्छ । फोक्सोको क्षमता बढ्ने खालका विभिन्न व्यायाम गर्नुपर्छ । स्पाइरोमिटर (फोक्सोको व्यायामका लागि प्रयोग हुने बस्तु) फार्मेसीमा पाइन्छ । त्यो ल्याएर फोक्सोको व्यायाम गर्नुपर्छ । स्पाइरोमिटर छैन भने बेलुन ल्याएर भए पनि फुक्ने गर्नुपर्छ । पहिले भित्रको श्वास लिनुपर्छ । कोभिडमा निमोनिया भएर फोक्सो सुकेको हुन्छ । कुना कुनासम्म सास जाओस भनेर यस्तो व्यायाम गरिएको हो । गुगलमा गएर पनि स्पाइरोमिटर कसरी प्रयोग गर्ने भनेर सिक्न सकिन्छ ।

के हो कालो ढुसी ?
जब हाम्रो शरीर कमजोर हुन थाल्छ, त्यो बेला किटाणुले आक्रमण गर्न सुरु गर्छ । त्यस्ता किटाणुलाई अपरच्युनिस्ट (अवसरवादी) भनिन्छ । तिनीहरू अवसरवादी हुन्छन् । ढुसी भनेको हामीले खाने वस्तुमा पनि कहिलेकाहीँ देखेका हुन्छौँ । शरीरका विभिन्न भागबाट आँखामा उक्त ढुसी पुग्छ र असर गर्छ । पछि गएर आँखालाई हेर्न नसक्ने बनाइदिन्छ । यो रोगबाट नेपालमा मृत्यु भएको भन्ने जानकारीमा त आएको छैन । तर घातक भने पक्कै छ यो । विशेषगरी डाक्टरको सल्लाहबिना खाएका औषधि र इन्टरनेट तथा सामाजिक सञ्जालतिर अक्सिजनको लेभल बढाउने भनिएका औषधि खाइदिनाले धेरै नै नराम्रो असर गर्छ । साथै एन्टिबायोटिकको धेरै प्रयोगले पनि ढुसीको विकास गर्न मद्दत पु¥याउँछ । अहिले ढुसीविरुद्ध औषधि नभएको अवस्था छ । कालाजारलाई दिने औषधि यो रोगको उपचारमा पनि दिइन्छ । समयमै उपचार गर्न सके निको पनि हुन्छ । ढुसी निको हुने र नहुनेमा भाइरस कत्तिको नरम वा कडा छ तथा यसको भेरियन्टमा पनि भर पर्छ ।
अहिले भारतमा देखिएको ट्रिपल भेरियन्ट कडा खालको भाइरस हो । शरीरको रोगसँग लड्ने क्षमता नहुँदा पनि कोभिड बिरामीलाई असर गर्छ । मानिसले कोरोनालाई बेवास्ता गर्दा पनि ज्यान गइरहेको छ । हामी जवान छौँ । कोरोनालाई त पचाइहाल्छौँ नि भन्दा बढी असर भएर मानिसको मृत्यु हुन पुगेको छ । अक्सिजन घट्दै गएको उसलाई थाहै हुन्न । नसक्ने स्थितिमा पुगिसकेपछि अस्पताल दौडियो, त्यसपछि उपचार नलाग्ने सम्भावना पनि रहन्छ ।

वृद्धवृद्धालाई हेरचाह कसरी ?
बूढाबूढी आफैँले आफँैलाई हेरचाह गर्न सक्दैनन् । अरूको सहारामा उनीहरू बाँच्ने भएकोले मास्क लगाएर सतर्कता अपनाएर उनीहरूको हेरचाह गर्नुपर्ने हुन्छ । पञ्जा तथा धुन मिल्ने पीपीइ लगाएर उनीहरूको हेरचाह गर्नुपर्छ । बूढाबूढीका कोभिडसँगै अर्को समस्या पनि हुन सक्छ । १० दिन कटिसकेको छ भने भाइरस सर्न सक्दैन । भाइरस सर्ने भनेको भाइरस सक्रिय हुन्जेल हो । गम्भीर बिरामी भएर फोक्सोको भित्री तहसम्म भाइरस पुग्यो भने १० दिनभन्दा बढी सक्रिय हुने र सर्ने सम्भावना पनि हुन्छ । परिवारका मानिसले पनि सावधानी अपनाएर कोभिड वृद्धवृद्धाको हेरचाह गर्नुपर्छ । हातमा छोएपछि त्यो हातले मुख, नाक, आँखामा हात लानु हँुदैन । भेन्टिलेटर राख्दा वा ट्युब राख्दा मानिसले हाच्छिउँ गर्दिन्छ । त्यो बेला हावामा अलि टाढा भाइरस जान सक्छ । बिरामी भएको मानिसले अलि बेस्सरी बोल्यो भने पनि अलि परसम्म भाइरस जाने सम्भावना हुन्छ ।

गाउँ जोखिममा
अहिले गाउँ कोभिडको जोखिममा छ । यो विषयमा पालिकाले विशेष ध्यान दिनुपर्छ । बाहिरबाट आउनेलाई अनिवार्य क्वारेनटाइनमा राख्नैपर्छ । हाम्रै मान्छे हो भनेर छोड्नुभएन । अन्य रोग भएका मानिसलाई छुट्याएर राख्नुपर्छ । त्यसले मृत्युदर घटाउन कम गर्छ । जस्तै मधुमेह भएका व्यक्ति, डाइलासिस गराइरहेका व्यक्ति, मुटु, मिर्गाैला रोगीहरूबाट कोरोना सङ्क्रमितहरू टाढै बसिदिनुपर्छ । स्थानीय सरकारले कोरोना नियन्त्रणमा त्यति ध्यान दिएको पाइँदैन, जति ध्यान योभन्दा पहिले दिइएको थियो ।

आफैँले एन्टिबायोटिक प्रयोग नगरौँ

डा. वासुदेव पाण्डे
वरिष्ठ सरुवा रोग विशेषज्ञ

अहिले बजारमा स्टेरोइडलगायतका विभिन्न औषधि आएका छन् । त्यसले ठीक हुन्छ भनेर खाइदिने चलन छ । त्यस्ता औषधि घातक हुन्छन् । बढी एन्टिबायोटिक तथा स्टेरोइड प्रयोग गर्दा आँखामा कालो ढुसी आउने समस्या हुन्छ । त्यसलाई फङ्गल भनिन्छ । नेपालमा पनि आँखामा फङ्गल भएका बिरामीहरू देखापर्न थालिसकेका छन् । कमजोरी भएका व्यक्ति र स्टेरोइड औषधि धेरै सेवन गरेका व्यक्तिलाई आँखामा फङ्गल देखिएको छ । स्टेरोइड धेरै चलाइदिएर पनि फङ्गल देखिएको हो । चिकित्सकहरूको सल्लाहविना कुनै पनि औषधि खानु हँुदैन । सिटामोल र केही भिटामिन चिकित्सकको सल्लाह अनुसार खान सकिन्छ । त्यसबाहेक अन्य औषधि खाँदा उल्टै नकारात्मक असर पर्न सक्छ । रोगसँग लड्न सक्ने क्षमता कम भएका व्यक्तिमा आँखामा कालो ढुसी आउने गर्छ । त्यो फङ्गल हाम्रो शरीरभित्रै हुने गर्छ । साधारणतया शरीरमा थुप्रै किटाणु रहेका हुन्छन् । ती किटाणु नाक, मुख, पेटमा रहेका हुन्छन् । हामी स्वस्थ भएको बेलामा ती किटाणुले केही पनि गर्न सक्दैनन् ।


अक्सिजनले निमोनिया रोक्न सक्दैन
डा. अनुप बास्तोला
प्रवक्ता, शुक्रराज ट्रपिकल
तथा सरुवा रोग अस्पताल

वृद्धवृद्धालगायत अन्य रोग भएका व्यक्तिलाई कोभिडले नराम्रो असर गर्छ । सुगर, प्रेसर, मुटु, मिर्गौला, क्यान्सरजस्ता रोग भएकाहरूले विशेष सावधानी अपनाउनैपर्छ । सुगरलाई नियन्त्रणमा राख्न सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ । खोकी बढ्न थाल्यो, सुत्दाखेरी सकस भयो, सास फेर्न गाह्रो भयो भने अस्पताल जानुपर्ने हुन्छ । अक्सिजनको मात्रा ९४ भन्दा कम भएर बढेन भने तुरुन्त स्वास्थ्यकर्मीको परामर्श लिनु जरुरी हुन्छ । अक्सिजनको मात्रा जहिले पनि ९४ भन्दा माथि हुनुपर्छ । त्योभन्दा तल छ भने निमोनिया सुरु भएको भन्ने बुझ्नुपर्छ । कुनै व्यक्तिलाई अक्सिमिटरमा औँला राख्ने वित्तिकै कम देखाउनसक्छ । तर केही समयमा माथि गयो भने डराउनुपर्दैन ।
मुख्य कुरा कोरोना देखिएको छ÷सात दिनपछि निमोनियाको लक्षण देखिन सुरु गर्छ । अक्सिजनको मात्रा घट्यो भने अक्सिजन मात्र चढाउने अरू स्वास्थ्यको ख्याल नगर्नु ठीक होइन । अक्सिजनले श्वासप्रश्वासलाई मात्र सहज गराइदिने हो । निमोनियालाई निको बनाउन सक्दैन । त्यसैले अक्सिजन घरमा राखेर बस्नु घातक हुनसक्छ । स्वास्थ्यकर्मीले उपचार गरिसकेपछि अक्सिजन चाहिने व्यक्तिलाई घरमा अक्सिजन चाहिन्छ भनेर चिकित्सकले नै पठाउने गर्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?