logo
२०७८ असोज ५ मंगलवार

दैनिक अध्यावधिक

image
975

सङ्क्रमित

image
2957

निको भएका

image
8

मृत्यु भएका

मिति:आश्विन ४, २०७८ (१६:१२)
स्राेत:https://covid19.mohp.gov.np/



एमाले कार्यदलको दोस्रो बैठक आज साँझ ७ बजे बस्दै

राष्ट्रिय |


एमाले कार्यदलको दोस्रो बैठक आज साँझ ७ बजे बस्दै


सपना थामी 
काठमाडौं, जेठ ५ गते । सत्तारुढ नेकपा एमाले कार्यदलको बैठक साँझ ७ बजे बस्दैछ । कार्यदलको हिजो बसेको पहिलो बैठकले मुख्य तीन विषयमा निर्णय गरेको थियो । विशेषगरी पार्टीको आन्तरिक विवाद समाधानका एवम् पार्टी एकताबद्धका लागि कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तय गर्ने, पार्टीमा देखिएका समस्या समाधानका गरी पार्टी एकताबद्ध बनाउन सम्पूर्ण पार्टी पंक्तिमा सहयोगको अपिल गर्ने र पार्टीमा एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरिएको थियो ।
आजको बैठकले यिनै विषयलाई निरन्तरता दिने कार्यदलका संयोजक एवम् एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप