logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/



ट्रमा सेन्टरमा अक्सिजन आपूर्ति सहज, बिरामीलाई औषधि निःशुल्क

स्वास्थ्य |
पढ्नै पर्ने |


ट्रमा सेन्टरमा अक्सिजन आपूर्ति सहज, बिरामीलाई औषधि निःशुल्क


गोरखापत्र अनलाइन
कठमाडौं जेठ २ गते । चार दिन अघि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले अक्सिजनको चरम अभाव भएको भन्दै सहयोगका लागि सामाजिक सञ्जालमा हारगुहार गरे ।
त्यस लगत्तै सञ्चारमाध्यमले सो विषयलाई प्राथमिकताका साथ प्रसारण गरे । चार दिन छि अहिले अवस्था परिवर्तन भयो । अहिले ट्रमा सेन्टरमा लिक्वड अक्सिजनको आपूर्तिपछि उपचारमा सहज भएको छ ।
चारदिन अघि सहयोगको अपिल गर्नुभएको ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवाल त्यसबेला निकै तनावमा हुनुहुन्थ्यो । आज उहाँले भन्नुभयो, अहिले अवस्था सहज भएको छ हामीले बिरामीलाई औषधि पनि निःशुल्क गरेका छौं ।
अक्सिजनको अभाव समाधान भएपछि बिरामीको चाप भने बढेको छ । कुल दुई सय शैया क्षमता भए पनि अहिले ११९ शैयामा बिरामी राख्न सक्ने अवस्था रहेको र रहेको र सबै भरिभराउ रहेको उहाँले बताउनुभयो । सरकारले सो सेन्टरलाई कोभिड डेडिकेटेड अस्पताल बनाएपछि बिरामीको चाप बढेको थियो ।
सो सेन्टरमा नौवटा भेन्टिलेटर सहितको आईसीयू बेड  छ । साथै इमरजेन्सीको रेड जोनमा भेन्टिलेटर सहितका छ शैयामा पनि सबै बिरामी रहेको भेटवालले बताउनुभयो ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?