logo
२०७८ बैशाख २८ मंगलवार

  महामारीले जन्माएको प्रश्न  



संकटका बेला मानिस किन शहर छाडेर थातथलो फर्कन्छन ?

पढ्नै पर्ने |
राष्ट्रिय |
समाज |


संकटका बेला मानिस किन शहर छाडेर थातथलो फर्कन्छन ?


आशिष मिश्र
काठमाडौं, बैशाख १९ गते । सोमबार दिउँसो बसेको काठमाडौँ उपत्यकाका ती जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले विहिबारबाट उपत्यकामा एक हप्ता लामो निषेधाज्ञा लगाउने निर्णय गर्यो । जब यो निर्णय तुरुन्तै सर्बसाधारणमा पुग्यो तब मानिसहरू बसको टिकट र जहाजको टिकट खरिद गर्न तछाडमछाड गरेको देखियो ।
जव सोमबार साँझ मन्त्रिपरीषद्ले १५ दिनका लागि नै निषेधाज्ञा गर्ने निर्णय गरेसँगै हजारौँ मानिसहरु राजधानी छाड्न कलंकी, गोंगबु र कोटेश्वरमा उत्सुक भई जम्मा भैसकेका थिए । मंगलबार र बुधबार उपत्यका छोड्नेहरुको संख्या निकै धेरै थियो ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा हुनुभन्दा तीन दिन अगाडिको समयमा सडक मार्ग हुँदै दुई लाख मानिसले काठमाडौं छाडेका छन् । सोहि समयमा २१ हजार १९४ जनाले हवाई यातायात मार्फत काठमाडौं छाडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
काठमाडौं छाड्ने मध्ये ४२ वर्षिय कुमार खनाल , जो सवारीसाधन मर्मत गर्दै आउनुभएको थियो । उहाँपनि मंगलबार आफ्नो आमा र छोरालाई लिएर गृहजिल्ला उदयपुरको पञ्चवटि माई फर्कर्दै हुनुहुन्थ्यो । “ यो लकडाउनको समयमा मैले पसल खोल्न पाउँदिन पसल खोल्न नपाएपछि आम्दानीको स्रोत बन्द हुन्छ , आम्दानी नभै काठमाडौं बस्न सकिन्न । ”काठमाडौं छाड्नुको कारण सुनाउदै भन्नुभयो ।
यस्तै विद्यार्थी निसी बज्राचार्य पनि बुधबार आफ्नो घर तानसेन जानुभयो ।उ हाँ आफ्नो काकीसँग ललितपुरमा बस्दै आउनुभएको थियो। “उपत्यकामा भन्दा घरतीरै कोरोना भाईरसको संक्रमणबाट बच्न सकिन्छ कि भन्ने लागेर हिड्न लागेको हो ”उहाले भन्नुभयो । “मैले तीन पटक बसको टिकट खरिद गरे तर केहि छैन बस्ने ठाउँ मिलेको छ खुसी हुदै ”उहाले भन्न्ुभयो ।
बुधबार राती कोटेश्वरका एक प्रहरी अधिकारीले गोरखापत्र अनलाईलाई भने “जब यहाँ संकट आईपर्छ तब मानिस काठमाडौं छाड्न तछाडमछाड गर्छन । यो हामीले पछिल्लो लकडाउन र बैशाख १२ गते गएको भूकम्पको बेलामा पनि देखेँका थियौँ । जव निशेधाज्ञाको घोषणा हुन्छ तब यसपालि पनि उपत्यका छाड्नेको लर्को लागेको हामी सुरक्षाकर्मीले पनि जान्यौँ ।”

यो सबैकुरा एउटा प्रश्न उठ्छ : जब मान्छेलाई तनाव हुन्छ तब किन शहर छाड्न हतारो गछ्र्रन ?
जीविकोपार्जन
यसमा धेरै कारणहरु हुन सक्दछन् त्यससध्ये मानिसको वर्ग र आर्थिक पृष्ठभूमि पनि हो । तर विशेषज्ञका अनुसार शहर छाड्नुको मुख्य कारण भनेकै जीविकोपार्जन नै हो ।
“संकटले काम रोक्छ , मानीसले आफ्नो रोजगारी गुमाउँछन् साथै दैनिक आम्दानी पनि । यसैबीच खर्च पनि बढ्छ । अहिले कोरोना भाईरसको महामारीको समयमा स्वास्थ्यको क्षेत्रमा धेरै खर्च हुने गर्दछ । अनलाईन कक्षा सञ्चालकले पनि मोवाईल र ल्यापटप किन्न जोड गरीरहेका छन् । कम आयस्रोत हुनेहरूका लागि यो दुर्भाग्यको कुरा हुन सक्छ । त्यसैले मानीसले शहरको महंगो जनजिवन छाड्ने गरेका छन् ” काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. सागर राज शर्माले भन्नुभयो ।
“ मानीस आफ्नो गृहजिल्ला यसकारण फर्किए कि उनिहरुलाई लाग्यो कि त्यहाँ भोकभोकै त मरिदैन ” जापानको फोकास्का विश्वबिद्यालयबाट आर्थिक विकासमा विद्याबारीधि गर्नुभएका शर्माले भन्नुभयो ।
त्रिभुवन विश्वबिद्यालय केन्द्रिय कार्यालय समाजशास्त्रका प्रा डा. चैतन्य मिश्रका अनुसार शहर भन्दा गामीण क्षेत्र नै वढि प्रभावकारी मानिन्छ ।“ शहरमा काम रोकियो तर खर्च रोकिदैन , कोठा भाडा तिरीरहनु परेको छ , खाना किन्नुनै पर्यो , जिवन चलाउनै पर्यो । यसले परीवारमा आर्थिक बोझ थोपार्छ । ”
मनोवैज्ञानिक सान्त्वना
यो समयमा मानीसहरु सुविधा खोज्न थाल्दछन् । त्यसका पारीवारीक वातावरण र पारीवारीक ठाउनै उपयुक्त हुने मनोवैज्ञानीक कुुुसुम बरालले बताउनुभयो । केहि भैहाल्यो भने मानीसले आफ्नो जन्मभूमिमा केहि सञ्जाल जोडेको हुन्छ ।
जो मानीसहरु परीवारदेखि टाढा बसेका छन् प्रायः उनिहरु नै यो संकटमा शहर छाड्ने उहाले बताउनुभयो ।
सुरक्षित महसुुस
४० वर्षिय किराना व्यापारी विनय देवान आफ्नी श्रीमी र तीन छोरीहरू सहित एकान्तकुना ललितपुर बस्दै आउनुभएको छ ।उहाले किराना पसल नै बन्द गर्नुपर्यो किनभने कुनै ग्राहक पसलका आएनन् । निषेधाज्ञाका कारणले आम्दानी पनि ढप्प भयो । घरको मालीक नै आफै भएकाले कोठा भाडाको कुनै चिन्ता नरहेको उहाले बताउनुभयो । सोमबार मात्र उहाँ काठमाडौं छाडेर आफ्नो पैतिृक गाउँ ओखलढुङ्गा जानुभएको हो ।
“यहा काठमाडौँमा भन्दा स्वच्छ हावा पाईन्छ , यहा धेरै भीडभाड पनि छैन त्यसैले यहाँ धेरै सुरक्षित छ ” गोरखापत्र अनलाईनसँग टेलिफोन संवादमा उहाले भन्नुभयो ।
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्रमुख प्रा. डा. लोचन श्रेष्ठका अनुसार शहरमा भन्दा गाउतिर नै वढि सुरक्षित हुन सकिन्छ । “हो गाउँमा धरै सुरक्षित हुन सकिन्छ किनभने त्यहा खुला ठाउ हुन्छ ,भौतिक दुरी कायम गर्न सजिलो हुन्छ । तर वढि कोरोना सङक्रमित जिल्लाहरू जस्तै काठमाडौंबाट पनि मानीसहरुको आवागमन हुदा केही जोखिम भने अवश्य छ ”,श्रेष्ठले भन्नुभयो ।
भारतको शहरी क्षेत्रमा ग्रामीण क्षेत्रमा कोरोना भाईरसको फैलावट कस्तो छ भन्ने स्वास्थ्य योजना र व्यवस्थापन सम्बन्धि अन्तराष्ट्रिय पत्रिकाले गतवर्षको भदौ महिनामा प्रकाशित गरेको समाचारमा शहरबाट आंशिक रुपमा ग्रामीण भेगतर्फ पनि यसको प्रभाव परेको थियो ।
शकरबाट गाउँतर्फ धेरै मानिस प्रस्थान गरेकाले नेपालमा पनि यहि अवस्था आउन सक्ने भन्दै उहाँ चिन्तित हुनुहुन्छ । यस्तै उहाँले भारतसँगको सिमाना तराईका जनतालाई पनि सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?