logo
२०८१ बैशाख १४ शुक्रवार



अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच बालुवाटारमा एक घण्टा छलफल

पढ्नै पर्ने |


अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच बालुवाटारमा एक घण्टा छलफल


लक्की चाैधरी
काठमाडौं, फागुन १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले भेटवार्ता गर्नुभएको छ । केही समयअघि सकिएको भेटवार्तामा उपाध्यक्ष गौतमले पार्टी एकताको प्रस्ताव राख्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ः३० बजे अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच छलफल भएको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिनुभयो । उहाँहरुबीच करिब एक घण्टा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
“हिजो बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको थियो, आज अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग छलफल गर्नुभयो, छलफलमा पार्टी एकताको प्रस्ताव उहाँले दुवै अध्यक्षसँग राख्नुभएको हो” स्वकीय सचिव टमटाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?