logo
२०८१ बैशाख २६ बुधवार

बाघ प्रभावित क्षेत्रमा पुग्यो प्राविधिक टोली, क्यामेरा जडान शुरु

पढ्नै पर्ने |
प्रदेश |

बाघ प्रभावित क्षेत्रमा पुग्यो प्राविधिक टोली, क्यामेरा जडान शुरु
गौरीगणेश सामुदायिक वनमा क्यामेरा जडान गर्दै प्राविधिक टोली

अविनाश चौधरी
धनगढी, फागुन ४ गते । कैलालीमा मान्छेमाथि आक्रमण गरिरहेको नरभक्षी पाटेबाघ नियन्त्रणका लागि प्राविधिक टोली आइपुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली बाघ प्रभावित क्षेत्रमा आइपुगेको हो । निकुञ्जको प्राविधिक टोली र डिभिजन वन कार्यालयले नरभक्षी बाघ देखा परिरहेको क्षेत्रमा क्यामेरा पासो थाप्ने कार्य गरिरहेको छ ।
‘सबैभन्दा पहिले बाघको लोकेशन पत्ता लगाउन आवश्यक छ’, डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले भन्नुभयो । ‘त्यसको लागि प्राविधिक टोलीसमेतको सहभागितामा क्यामेरा राख्ने कार्य भइरहेको छ ।’ बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिनका लागि सबैभन्दा पहिले बाघ कता छ, भनेर पत्ता लगाउन जरुरी रहेको कँडेलले बताउनुभयो । ‘डार्टिङ गर्नका लागि बाघ कता छ, भन्ने कुरा पत्ता लगाउनु पर्ने हुन्छ’, उहाँले भन्नुभयो ।
नरभक्षी बनिसकेको वयस्क पाटेबाघ गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकाका सामुदायिक वनमा ओहोरदोहोर गरिरहेको छ । दुधिया, उदासीपुर, बढैपुर, राजिपुर, अण्डैया क्षेत्रमा बाघ देखा परिरहेको छ । सो क्षेत्र बसन्ता जैविक मार्गमा पर्दछ ।
बाघ यताउति दगुर्ने कार्य गरिरहेकाले नियन्त्रणमा लिनका लागि बाघ रहेको ठाउँ पत्ता लगाउन जरुरी भएको कँडेलले बताउनुभयो । ठाउँ पत्ता लागेपछि नियन्त्रणको कार्य अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।
तर, नरभक्षी बाघलाई कसरी नियन्त्रणमा लिने भन्ने कुरा अन्यौल छ । निकुञ्जहरुमा हात्ती प्रयोग गरेर बाघ वा हिंस्रक वन्यजन्तुलाई नियन्त्रणमा लिने गरिन्छ । हात्ती प्रयोग गर्ने हो भने निकुञ्जबाट यहाँसम्म हात्ती कसरी ल्याउने भन्ने विषय नै चुनौतीपूर्ण रहेको बताइएको छ । यद्यपि, तत्काल बाघ रहेको ठाउँमात्रै पत्ता लगाउनु पर्ने भएकाले हात्ती आवश्यक नपर्ने कँडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?