logo
२०८१ बैशाख १५ शनिवार



अझै हिउँदे वर्षा भएन, उत्पादनमा असर पुग्ने

फिचर |
पढ्नै पर्ने |


अझै हिउँदे वर्षा भएन,  उत्पादनमा असर पुग्ने


काठमाडौँ, माघ १२ गते । यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्नेभएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो । यस वर्ष एकपटक पनि पानी परेको छैन ।
पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । “हाल कायम रहेको पश्चिमी वायुको प्रभावले पानी पर्ने सम्भावना कमै छ”, उहाँले भन्नुभयो ।

वर्षा हुनका लागि पश्चिमी वायु सक्रिय भई प्राप्त मात्रामा जलवाष्पयुक्त हावा बहनुपर्दछ । अझै एक साता वर्षा हुने सम्भावना नरहेको मौसमविद्को अनुमान छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिउँदयाममा पानी नपरेकाले गहुँ, तोरी, फापरलागयतका बालीमा सुख्खा लागेकाले ५० देखि ७० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको वरिष्ठ कृषि विज्ञ डा केदार बूढाथोकीले बताउनुभयो । “माघ महिनाभित्र पानी परे केही राहत मिल्छ । धेरै नोक्सानी हुँदैन”, उहाँले भन्नुभयो । हिउँदे बालीलाई कात्तिक र मङ्सिरमा पानी पर्दा हिउँदे बालीको उत्पादन वृद्धि हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?