logo
२०८० चैत्र ६ मंगलवार



भारतद्वारा कोरोनाविरुद्धको दश लाख 'कोभिसिल्ड' खोप हस्तान्तरण

स्वास्थ्य |
पढ्नै पर्ने |


भारतद्वारा कोरोनाविरुद्धको दश लाख  'कोभिसिल्ड' खोप हस्तान्तरण
तस्बीरः सागर बस्नेत


गाेरखापत्र अनलाइन 

काठमाडौँ, माघ ८ गते । नेपाललाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप आज हस्तान्तरण गरेको छ । भारतबाट हवाइ मार्गबाट ल्याइएकाे  काेरोनाको खोप  मध्यान्ह काठमाडौमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यी खोपहरु हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको कोरोना बिरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मी र सफाइकर्मीहरुलाई दिइने जानकारी बुधबार भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
नेपालको ७२ प्रतिशत जनसंख्यालाइ खोप दिने तयारी सरकारले गरेको छ ।सरकारले खोप आएको सातदिनमा खोप लागाउने व्यवस्था गरेको र खोपका लागि आवश्यक कानुनी ,आर्थिक र प्राविधिक तयारी पुरा भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?