logo
२०८१ बैशाख २२ शनिवार



बैतडीमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, चालक घाईते

पढ्नै पर्ने |


बैतडीमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, चालक घाईते


गोकर्ण दयाल
बैतडी, पुस ४ गते । शनिबार अपरान्ह बैतडीको मेलौलीनगरपालिका–९, मा ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय अर्का नारायण भट्टको मृत्यु भएको छ । दुर्घटनामा चालक घाईते भएका छन् ।

शनिबार ४ः३० बजेको समयमा मेलौलीनगरपालिका –९ , स्थित भित्री सडक खण्डको असुरबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नं. को खाली ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट १०० मिटर तल भीरमा खसेको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा मेलौलीनगरपालिका–९,तल्लागाउँका नारायण भट्ट र थपाल्लेक गाउँकाअर्का नारायण भट्ट गरि दुई जनाको जनाको ज्यानगएको छ ।
ट्याक्टर दुर्घटनामा एकै गाउँमादुई जनाको मृत्यु भएपछि मेलौलीनगरपालिकाको अशुर गाँउ शोकमा डुबेको छ ।

दुर्घटनामा घाईते चालक कैलालीको गौरीगंगानगरपालिका–३, का २५ वर्षिय अमृत चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना भएको सडक खण्ड यातायात सञ्चालगर्न अनुमतिनपाएको क्षेत्र हो ।

घाईते चालकको स्थानीय मेडिकलमा उपचार भईरहेको र मृतकभट्टको लाशनिकाल्ने कार्य भईरहेको छ । घटना स्थलमा प्रनानिजनकसिंह धामीको कमाण्डमा ५ जनाको प्रहरी खटिएको जिल्लाप्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दुईमहिनाको अवधिका बैतडीका २० जनाले सडक दुर्घटनामा ज्यानगुमाएका छन् भने ६० जना घाईते भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?