logo
२०८१ बैशाख १४ शुक्रवार



पौरखी देवीको श्रीमानलाई खबर - 'नेपालमै कमाउन सकिन्छ फर्किआउनु घर'

पढ्नै पर्ने |
समाज |


पौरखी देवीको श्रीमानलाई  खबर - 'नेपालमै कमाउन सकिन्छ फर्किआउनु घर'
बङ्गुर पालन गर्नुभएकी देवीपाटा मगर । तस्बिर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, मङ्सिर १३ गते । व्यास नगरपालिका–१ भादगाउँ निवासी देवी थापामगरले बङ्गुरका पाठा, पाठी बेचेर राम्रो कमाइ हुन थालेपछि धन कमाउन विदेशिनुभएका आफ्नो श्रीमान्लाई घर बोलाउनुभएको छ ।
प्रति पाठापाठीको सात हजार पाँच सयमा विक्री गरी मासिक ६० देखि र ७० हजार रुपियाँ मुनाफा हुने गरेको देवीले बताउनुभयो । ‘धेरै परिमाणमा पाल्ने हो भने विक्रीमा कुनै समस्या नभएकाले स्वदेशमा नै मनग्य कमाउन सकिने भएकाले श्रीमान्लाई स्वदेशमा नै पसिना बगाउन भनको छु’ देवीले भन्नुभयो ।

देवीले ५२ लाखमा जमिन खरीद गरि ३० लाखको संरचना निर्माण गरी बङ्गुर पालन गरेको देवीले जानकारी दिनुभयो । श्रीमान्ले विदेशबाट पैसा पठाउन थालेपछि धेरै जसो महिला बजार बसेर पैसा खर्च गरेको देख्दा दुःख लाग्ने गरेको र स्वाबलम्बी बन्नको लागि महिलाले पनि व्यवसाय गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

श्रीमान् दुबई प्रहरीमा जागिरे हुनु भएको र आएपछि दुई जना मिलेर आम्दानीमा दोब्बर बनाउने योजना बनाएको उहाँले जानकारी दिनुभयो । वि.स.२०७१ साल देखि दोभान जैविक कृषि बङ्गुर फार्म दर्ता गरी बङ्गुरको माउ पाली बेच्न थाल्नु भएको हो । ४५ वटा माउ बङ्गुरबाट मासिक रुपमा ४० देखि ५० वटा पाठापाठी बेच्न थालेको उहाँले बताउनुभयो ।

पाठापाठी जन्मनुपूर्व नै बैना गर्न नाम लेखाउन फर्ममै कृषकहरु आउने गरेका छन् ’ देवीले भन्नुभयो । उक्त फर्म देवी एक्लैले सञ्चालन गर्नुभएको छ । नौ महिनामै बङगुर वयस्क हुने र तीन महिनामा नै बच्चा जन्माउने हुँदा छोटो समयमा नै आम्दानी लिन सकिने देवी बताउनुहुन्छ । पाठापाठी जन्मेको ४५ दिनभित्रमा विक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । एउटा बङ्गुरले एक बेतमा १० देखि १७ वटासम्म पाठापाठी जन्माउने गरेको देवी बताउनुहुन्छ । धेरै पाठापाठी पाएको बेला बढी नाफा हुने उहाँले जानकारी दिनुभयो ।

उक्त फर्ममा डयूरोडक, , ल्यण्डेस, पाख्रीबास जातका बङगुर छन् । नमुना कृषि फर्ममा परी गतवर्ष गण्डकी प्रदेश सरकारबाट दश लाख रुपियाँ अनुदान पाएको र थप १० लाख लगानी गरी २० लाख रुपियाँमा गोठ सुधार गरेको देवीले बताउनुभयो । फार्ममा मललाई खुला नराखी सेफ्टी ट्याङ्गी भित्र राख्ने गरिएको छ भने फोहोर खानेकुरा नखुवाउने गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?