logo
२०८१ बैशाख १४ शुक्रवार



दाङका दुई जना संक्रमित पुरुषको उपचारका क्रममा बाँकेमा मृत्यु

फिचर |
पढ्नै पर्ने |


दाङका दुई जना संक्रमित पुरुषको उपचारका क्रममा बाँकेमा मृत्यु


सिराज खान
नेपालगञ्ज, मंसिर ७ गते । उपचारका लागि दाङबाट बाँके ल्याइएका थप दुईजना कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ९, बनगाउँ दाङका ६७ वर्षीय कोरोना संक्रमित पुरुषको गएराती र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, बेलुवाका ६८ वर्षीय पुरुषको आइतवार विहान मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले कोहलपुर शिक्षण अस्पतालमा उपचार गर्दै गर्दा घोराही उपमहानगरपालिका वडा नम्बर ९, बनगाउँ दाङका ६७ वर्षीय पुरुषको शनिबार राती ११ः५० बजे मृत्यु भएको तथा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, बेलुवाका ६८ वर्षीय पुरुषको आइतबार बिहान १ः४० बजे मृत्यु भएको बताउनुभयो ।
मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा भर्ना भएका उनिहरुलाई उपचारका क्रममा अक्सिजन, रेमडिसिभर, सिप्याप, डेक्सोना, एन्टिबायोटिक लगायतका सम्पूर्ण विधि अपनाउँदा पनि बचाउन नसकिएको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
योसँगै जिल्लाबाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४६ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?