logo
२०८० चैत्र ६ मंगलवार



ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख बर्खास्त

अन्तर्राष्ट्रिय |


ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख बर्खास्त
तस्विर-बीबीसी


वासिङ्टन, मंसिर ३ गते। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गर्नुभएको छ । उहाँको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उहाँले बर्खास्त गर्नुभएको हो ।
हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको कुनै ठोस प्रमाण नपाइएको भन्दै राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गरेकै कारण ट्रम्पले क्रिस्टोफरलाई बर्खास्त गर्नु भएको हो । राष्ट्रपति ट्रम्पले यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा धेरै ठाउँमा धाँधली भएको र आफूलाई पराजित भनिएको भन्दै असन्तुष्टि जनाउँदै आउनु भएको छ ।
उहाँले अहिलेसम्म पनि आफू पराजित भएको र आफ्ना प्रतिस्पर्धी जो बाइडेन निर्वाचित भएको घोषणालाई अस्वीकार गर्दै आउनु भएको छ । उहाँले कतिपय ठाउँमा धाँधली भएको भन्दै उजुरी समेत दिनु भएको छ । ती उजुरीहरुलाई न्यायधीशहरुले खारेज गरिदिएका छन् ।
राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गरेपनि कुनै आधार र प्रमाणहरु भने नदिएको भन्दै उनीहरुले उजुरी खारेज गरिदिएका हुन् । बर्खास्त गरिएका क्रिस्टोफर अमेरिकाको विद्युतीय सुरक्षा र भौतिक सुरक्षा निकायका निर्देशक हुनुहुन्थ्यो । उहाँको बर्खास्तीलाई लिएर अमेरिकामा आश्चर्य प्रकट गरिएको छैन ।
निर्वाचनमा पराजित भएदेखि नै राष्ट्रपति ट्रम्पले उहाँप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्दै आउनु भएको थियो । उहाँले क्रिस्टोफरलाई सुरु देखि नै लक्षित गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले यसअघि पनि आफ्नो कार्यकाल भरीमा दर्जनौं उच्च पदाधिकारीहरुलाई बर्खास्त गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप