logo
२०८१ बैशाख १४ शुक्रवार



कोरोना संक्रमणबाट बनेपाका ६६ वर्षीय पुरुषको मृत्यु

प्रदेश |


कोरोना संक्रमणबाट बनेपाका ६६ वर्षीय पुरुषको मृत्यु
सांकेतिक तस्बिर


केदार तिमल्सिना
बनेपा, कात्तिक ७ गते । काभ्रेको बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा कोरोना संक्रमति एक पुरुषको मृत्यु भएको छ । काभ्रेको बनेपाका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

शुक्रबार बिहान करिब ३ बजेको समयमा सास फेर्न गाह्रो र हल्का ज्वरो आएको भन्दै अस्पतालमा उपचारका लागि जानु भएको र अस्पताल आईपुग्नु अगावै नै उहाँको मृत्यु भइसकेको शिरमेमोरियल अस्पताल बनेपाले जनाएको छ ।
तीन दिन अघि कोरोना संक्रमण पुष्टी भएपछि उहाँ होम आइसोलेशनमा नै बस्नु भएको थियो । शुक्रबार बिहान गाह्रो भएपछि अस्पताल ल्याइएको थियो । उहाँको शव दाहसंस्कारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोलीले पशुपति आर्यघाट लगेको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म काभ्रेमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । जसमा नौ जना पुरुष र छ जना महिला रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?