logo
२०८१ बैशाख १५ शनिवार



बाँकेमा तीन बालबालिकासहित २६ जना निको भएर घर फर्किए

प्रदेश |


बाँकेमा तीन बालबालिकासहित २६ जना निको भएर घर फर्किए


सिराज खान
नेपालगञ्ज, असोज २७ गते । बाँकेमा मंगलबार छ बर्षमुनिका तीन बालबालिकासहित थप २६ जना संक्रमित कोरोनामुक्त घर फर्किनुभएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार नेपालगञ्ज १२ का ४ वर्षीय बालिका, नेपालगञ्ज २ का ५ वर्षीय बालक र नेपालगञ्ज १० का ६ वर्षीय एक बालकसहित १३ महिला र १३ पुरुष गरी २६ जना संक्रमित कोरोनामुक्त भई घर फर्किएका छन् ।

उहाँले उनीहरुलाई असोज १३ गते कोरोना संक्रमण देखिएपछि जिल्लाका विभिन्न आइसोलेसनमा राखिएको थियो । श्रेष्ठका अनुसार यसअघि बाँकेबाट सोमवार ९ महिनाकी बालिकासहित ३८ जना संक्रमणमुक्त भएर घर फर्किएका थिए । आइतबार पनि १६ जना निको भएर घर फर्किएका थिए ।
मंगलवार निको भएका २६ जनासंगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ८७३ पुगेको छ ।

विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका २१ सहित ५६२ जना सक्रिय संक्रमित उपचाररत रहनु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँके जिल्लामा सो कार्यालयका अनुसार हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ४४० पुुगेको छ भने २६ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?