logo
२०८१ बैशाख १४ शुक्रवार



बागलुङमा नेपाली सेनाका दुईसहित ७ जनालाई कोरोना संक्रमण पुष्टि

प्रदेश |


बागलुङमा नेपाली सेनाका दुईसहित ७ जनालाई कोरोना संक्रमण पुष्टि


नवीन शिशिर विक
बागलुङ, असोज २६ गते । नेपाली सेनाका दुईसहित बागलुङमा सोमबार सात जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द् पोखरामा भएको पिसिआर परीक्षणमा नेपाली सेनाका २२ र ३१ बर्षिय पुरुष, बागलुङ नगरपालिका–७ का ५२ बर्षिय पुरुष, बानपा–१० का २९ बर्षिय पुरुष, वडा ४ का ३६ बर्षिय पुरुष, वडा–१ का ३४ बर्षिय पुरुष र वडा–७७ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्य एक जना सरकारी कर्मचारी रहनुभएको छ । अन्य एक बानपा–२ का व्यवसायीको सम्पर्कमा आएका व्यक्ति र अन्य क्वारेन्टाईनमा रहेका व्यक्तिलाई संक्रमण भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन याम बरालले जानकारी दिनुभयो ।
जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीलाई कोरोना पहिचान भए पछि बागलुङ नगरपालिकाले अनिश्चित कालिन सेवा प्रवाह बन्द गरेको छ । जनप्रतिनिधि, कर्मचारी र अन्य स्वास्थ्यकर्मीको कोरोना परीक्षण रिपोर्ट आए पछि मात्रा कार्यालयका सेवा प्रवाह संचालन हुने वा थप कडाई गर्ने विषयमा निर्णय हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?